1 year ago
June 21, 2024
सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ ।
एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो ।
एक दिने प्रतियोगिता मेलबर्नस्थित डारेविन कम्युनिटी स्टेडियमको कभर्डहलमा हुनेछ । यो अस्ट्रेलियाको हालसम्मकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।
खुल्लातर्फको विजेताले ५ हजार अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीलाई २ हजार २ सय अस्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसअघि अस्ट्रेलियामा ३ हजार ५ सय डलरसम्मको प्रतियोगिता आयोजना भएको थियो ।
३५ वर्षमाथिको विजेताले १ हजार ५ सय अस्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । दोस्रो हुनेले ७ सय अस्ट्रेलियन डलरसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस प्रतियोगितामा पुरस्कार राशि मात्रै ९ हजार ४ सय अस्ट्रेलियन डलर रहेको छ । सर्वाेत्कृष्ट खेलाडीलाई नगद र ट्रफीसँगै गिफ्ट ह्याम्पर तथा विधागतका उत्कृष्टहरुलाई ट्रफी प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
यस प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले पनि सहभागिता जनाउने पक्का भएको छ । उनी प्रतियोगिता सुरु हुनु भन्दा केही दिन अघि मात्रै अस्ट्रेलिया आइपुग्नेछ । यस्तै राष्ट्रिय टोलीका सदस्य बिशाल बहादुर बिक र टेकराज अवस्थीले पनि यो प्रतियोगितामा सहभागिता जनाउने छ ।
नकआउटको आधारमा हुने प्रतियोगिताको खुल्लातर्फ ११ क्लब र ३५ वर्षमाथि ८ टोलीको सहभागिता रहने छ । जसमा सिड्नीबाट ६, मेलबर्नबाट ३ तथा एडिलेड र ब्रिसबेनबाट समान १ क्लब रहेका छन् । प्रतियोगिताको समूह विभाजन र खेल तालिका सार्वजनिक भइसकेको छ ।
प्रतियोगितामा खुल्लातर्फ आयोजक एलिट गोर्खा स्पोर्ट्स सुनगाभासँगै ढोरपाटन क्लब, कालिकोटे ज्वेलर्स, मोना अस्ट्रेलिया, म्याग्दी काली युनाइटेड, गल्कोट समाज, हाम्रो कम्युनिटी, दि गोर्खा स्पोर्ट्स क्लब, छन्त्याल परिवार, एलिट गोर्खा लालीगुराँस र युनाइटेड गोर्खा ब्रिसबेनको सहभागिता रहेको छ ।
३५ वर्षमाथि एलिट गोर्खा, गल्कोट समाज, युनाइटेड गोर्खा, दि गोर्खा स्पोर्ट्स क्लब, छन्त्याल परिवार, ढोरपाटन क्लब, पोखरा भलिबल क्लब र हाम्रो कम्युनिटीको सहभागिता रहेको छ ।


December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]