default_image

1 year ago

July 1, 2024

स्लोभाकियामाथि पुनरागमन जित दर्ता गर्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा

3229 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार इङ्ल्यान्ड स्लोभाकियालाई हराउँदै युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गेल्सेनकर्चेनमा भएको प्रिक्वाटरफाइनल खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा पुनरागमन गरेर स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

इभान स्क्रान्जले २५औं मिनेटमा स्लोभाकियाका लागि सुरुवाती गोल गरेका थिए । डेविड स्ट्रेलेकको सुन्दर थ्रु-पासलाई नियन्त्रणमा लिँदै स्क्रान्जले प्रतियोगिताको व्यक्तिगत तेस्रो गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए ।

गोल खाए पश्चात इङ्ल्यान्डले बल पोसेसन राखेपनि स्पष्ट मौका सिर्जना गर्न सकेको थिएन । पहिलो खेलमा एक गोल गरेपछि प्रतियोगिताका अवधिभर गोल गर्न संघर्षरत इङ्ल्यान्डले नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो ।

इन्ज्युरी समयको पाँचौं मिनेट एक लामो थ्रो-इनमा मार्क गेहीको फ्लिक-अन हेडरमा उत्कृष्ट बाइसाइकल किक मार्फत गोल गर्दै जुड बेलिङ्घमले खेल अतिरिक्त समयमा धकेलेका थिए ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै ह्यारी केनले इङ्ल्यान्डलाई अग्रता दिलाए । इभान टोनीको पासमा सबैभन्दा अघि पुग्दै केनले हेडर मार्फत गोल गर्दै अग्रता दिलाएका थिए । सोही गोल जितका लागि पर्याप्त बन्यो ।

इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्ड विरुद्ध खेल्नेछ । स्विट्जरल्यान्डले इटाली माथि जित हात पार्दै अन्तिम आठमा स्थान बनाएको हो ।

प्रिक्वाटरफाइनल अन्तर्गत स्पेन र जर्जिया राती १२:४५ बजे खेल्दैछन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.