default_image

1 year ago

August 5, 2024

नेपाल युथलाई पर्वत कप पुरुष भलिबल उपाधि

762 views

0 Bookmark

काठमाडौं । नेपाल युथ स्पोर्टस् क्लब (एनवाईएसी) ले प्रथम पर्वत कप पुरुष भलिबल च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ ।

तोडा सिटी स्पोर्टस् सेन्टर जापानमा शनिबार भएको फाइनलमा गल्काेट घुम्टे युवा परिवार जापानलाई पराजित गर्दै एनवाईएससीले उपाधि जित्न सफल भएको हो । पछिल्लो एक महिनामा एनवाईसीको यो दोस्रो उपाधि हो । यसअघि एनवाइएससीले तेस्रो घुम्टे कपको उपाधि जितेको थियो ।

यसपटक एनवाइएससीलाई च्याम्पियन बनाउन पछिल्लो समय नेपालको घरेलु भलिबलमा चर्चित रहेका रेशम छन्त्यालसँगै तोरण चन्द ठकुरीले उच्च प्रदर्शन गरे । रेशम प्रतियोगिताको उत्कृष्ट सर्भर समेत चुनिए ।

प्रतियोगिताको विजेता एनवाईएससीले उपाधिसँगै ३ लाख ५५ हजार ५ सय ५५ जापानी येन, च्याम्पियन ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो भएको घुम्टेले २ लाख २२ हजार २ सय २२ येनसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको गल्कोट स्पोर्टस् क्लब टोकियोले १ लाख ११ हजार १ सय ११ येन र प्रमाणपत्र प्राप्त गरे ।

गल्काेट घुम्टे युवा परिवारका सरण सामरी क्षेत्री प्रतियोगिताकाे सर्वाेत्कृष्ट खेलाडी चुनिए । गल्कोट स्पोर्टस् क्लबका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, पर्वतका निलम सिह उत्कृष्ट ब्लकर, एनवाइएससीका मनोज भण्डारी उत्कृष्ट सेटर, एनवाइएससीका रेशम छन्त्याल उत्कृष्ट सर्भर, घुम्टेका सन्दिप थापा उत्कृष्ट लिवेरो र एनवाइएससीका केशव सुवेदी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबै सम्मानपत्रद्धारा सम्मानित भएकाे जापानबाट जीवन खड्का क्षेत्रीले जानकारी गराए ।

पर्वत समाज जापानको आयोजनामा भएको एक दिने प्रतियोगितामा नेपाली समुदायका विभिन्न ९ टोलीको सहभागिता रहेको थियो । खेल नकआउटको आधारमा भएको थियो ।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.