default_image

1 year ago

September 1, 2024

सफ्टवेरिका कलेजमा ‘रोबो वारियर्स लिग’ सुरु

630 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विद्यार्थी प्रतिभा र नवप्रवर्तनलाई प्रोत्साहित गर्न सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले रोबो वार ब्याटल लिग सुरु गरेको छ ।

रोबो वारियर्स लिग २०२४/२५ नाम दिएर कलेजले आयोजना गरको ६ महिनासम्म चल्ने लिग सुरु आइतवार सुरु भएको छ ।

डिल्लीबजार स्थित कलेज परिसरमा सञ्चालन हुने लिगमा कलेजका विद्यार्थीहरूले निर्माण गरेका २४ भन्दा बढी रोबोटहरूलाई एकआपसमा जुधाइने छ । ती रोबोट बनाउन विद्यार्थीहरूलाई प्रविधि, शिक्षा लगायत अन्य क्षेत्रमा काम गरिरहेका कम्पनी तथा संघसंस्थाहरूले प्रायोजन गरेका छन् ।

जसमा डिजी स्कुल ग्लोबल, स्टोर हाउस नेपाल, हाम्रो खेलकुद, ग्लाम हाउस स्टुडियो, युके कलेज, क्वालिटी बीच रिसोर्ट, रामेश्वर इन्टेरियर्स, सनवे कलेज, अनलाइन ल्यापटप पसल, ब्रोडवे इन्फोसिस रहेका छन् ।

त्यसैगरी सेरेस अटोमोटिभ (एलएलआर), कोइराला साउण्ड्स एण्ड लाइट्स, हिमालयन ग्रुप, टेक एण्ड ट्रेन्डी, चाङ्गुनारायण नगरपालिका, श्रेय ग्रुप कन्सल्टेन्सी, डाँफेलिङ्क, भायानेट कम्युनिकेसन, होटल डायमण्ड प्यालेस, द फ्रेन्ड्स क्याफे, इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए), युनिक्याम्पस ग्लोबल लगायतका कम्पनीले पनि विद्यार्थी समूहलाई सहयोग गरेका छन् ।

प्रतियोगितामा सहभागी प्रत्येक विद्यार्थी समूहले प्रायोजक कम्पनी तथा संस्थालाई प्रतिनिधित्व गर्ने छन् । यसले प्रतिस्पर्धालाई नवप्रवर्तन र ब्रान्डिङको सङ्गम बनाउने विश्वास लिइएको कलेजले जनाएको छ ।

कलेजले केही वर्षअघि आफ्नो प्रविधि मेलामा संलग्न गरेको यो प्रतियोगिता यस वर्षबाट भने छुट्टै कार्यक्रमका रूपमा आयोजना गरेको हो । यसमा कलेजका विद्यार्थीहरूको प्रतिभा अवलोकन गर्नुका साथै नवप्रवर्तनमा कलेजको उपलब्धि पनि देख्न सकिने छ ।

कलेज प्रमुख प्रमाेद पाैडेलका अनुसार यो लिग केवल प्रतियोगिता मात्र नभएर मनोरञ्जन सहितको व्यवहारिक सिकाइ हो । ‘यो प्रतियोगितामा विद्यार्थीहरूले रोबोटसँगको अनुभव लिने त छँदै छ,’ प्रमुख पौडेल भन्छन्, ‘सँगै विभिन्न क्षेत्रको उद्योगहरूसँगको सहकार्यले उनीहरूले जीवन्त सीप पनि सिक्न पाउने अवसर पाउँछन्।’

प्रतियोगितामा विद्यार्थीहरूले रोबोट जुधाउने मात्र नभएर उद्योगमा काम गरिरहेका मान्छेहरूसँग प्रत्यक्ष सम्बन्ध बनाउने, अनुभव बटुल्ने पनि अवसर प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता अन्तिम चरणसम्म हरेक आइतवार कलेज परिसरमा हुने छ । रोबोटहरूको युद्ध हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको कलेजले जनाएको छ। कलेजको फेसबुक र युट्युब च्यानलमार्फत पनि लिगको प्रत्यक्ष प्रसारण हुनेछ। लिगको‌ विजेताले ३ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेजले नेपाली उच्च शिक्षाको रूपान्तरण गर्न कोभेन्ट्री युनिभर्सिटी, बेलायतसँग सहकार्य गरिरहेको छ ।

हाल कलेजमा बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) इथिकल ह्याकिङ एन्ड साइबरसेक्युरिटी, बीएससी (अन्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स र एमएससी डेटा साइन्स एन्ड कम्प्युटेस्नल इन्टेलिजेन्स सञ्चालनमा छन् ।

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.