default_image

1 year ago

September 2, 2024

गण्डकी थन्डर्सको लोगो सार्वजनिक

1371 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइजी टिटोलीम गण्डकी थन्डर्सले लोगो सार्वजनिक गरेको छ ।

गण्डकीले सोमवार सामाजिक संजाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो । नेपाली राष्ट्रिय टोलीकी स्पाइकर सरस्वती चौधरी मार्की प्लेअर रहेको गण्डकीले नेपाली खेलाडीहरुको नाम यसअघि नै सार्वजनिक गरिसकेको छ ।

गण्डकीले छिटै आफ्नो विदेशी खेलाडी पनि सार्वजनिक गर्ने टोली निर्देशक विकास खेतानले जानकारी दिए । इडब्लुभिएल असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

गन्डकी थन्डर्सको टोली – सरस्वती चौधरी ‘ए’, प्रगति नाथ ‘बि’, लक्ष्मी चन्द ‘बि’, रिमा कुँवर ‘बि’, कविता भट्ट ‘बि’, आरति चौधरी ‘सी’, स्नेहा ठगुन्ना ‘सी’, सरस्वती जैशी ‘सी’

प्रशिक्षक – रुपेश कुमार विष्ट

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 27, 2025

काभा कप फर मेन्स – नेपालको चौथो हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले‌ आज नेपाललाई ३-० को‌ सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई‌ २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]

Success

Thank you for your time.