default_image

1 year ago

September 6, 2024

डायमण्डलाई हराउँदै एपिएफ च्याम्पियन

3335 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आफ्नो मुख्य स्पाइकरद्धय सरस्वती चौधरी र निरुता ठगुन्नाविनै कोर्टमा उत्रिएको विभागीय नेपाल एपिएफ क्लब लामाचौर कप राष्ट्रिय भलिबलको महिलातर्फ च्याम्पियन बनेको छ ।

एपिएफले शुक्रबार भएको फाइनलमा टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

यससँगै एपिएफले समूह चरणमा भोगेको हारको बदला लिन सफल भएको छ । एपिएफ समूह चरणमा ३–० को सोझो सेटमा पराजित भएको थियो ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको खेलको पहिलो सेट एपिएफले २५–२३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

१२–१८ ले पछि रहेपनि एपिएफले संगठित प्रदर्शन गर्दै खेललाई १६–२१ को स्थितिमा ल्याए । २१–२१ को बराबरीबाट अग्रता लिदै एपिएफले जित निकाल्यो । दोस्रो सेटमा पनि एपिएफले पछि परेको स्थितिबाटै जित निकाल्यो । १६–१८ ले पछि रहको एपिएफले १९–१९ को बराबरीबाट अग्रता बढाउँदै २५–२३ कै जित निकाल्यो ।

तेस्रो सेटमा भने डायमण्डले आफ्नो लय फर्काउने कोशिस गर्यो । १३–९ को स्थितिमा सुमित्रा रेग्मीले एक ब्लक र सर्भिसबाटै ६ अंक बटुलेपछि न्यु डायमण्डले २०–९ को अग्रता लिदै जितको आधार तय गर्यो । त्यसपछि डायमण्डले २५–१३ को सहज जित आत्मसात गर्यो ।

चौथो सेटमा डायमण्डको प्रदर्शन बिर्सनलायक बन्यो । ८–१० ले पछि परेको स्थितिमा डायमण्डले केवल २ अंक मात्रै बटुल्न सफल हुँदा एपिएफलाई १०–२५ ले सेटसँगै ट्रफी पनि सुम्पियो ।

उपाधिसँगै एपिएफले १ लाख ५० हजार १ सय ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । न्यु डायमण्डले १ लाख १ सय ११ रुपैयाँमा चित्त बुझायो । पुरुषतर्फको फाइनल भने खराव प्रकाशका कारण रोकिएको छ । दुवै टोलीले समान एक–एक सेट जितेको थियो ।

प्रतियोगितामा दुवैतर्फ समान ४ टोली छन् । नव आदर्श विकास समाजको २८औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको महिलातर्फको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण हो । ११औं संस्करणसम्म आइपुग्दा एपिएफ र डायमण्डले समान चारपटक तथा पुलिसले तीनपटक उपाधि जितेको छ ।

४ टोली सहभागी प्रतियोगितामा महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल र पुरुषमा ट्राभल इन्क्वाइरी गल्कोटले तेस्रो स्थान हासिल गरेको छ ।

एभरेस्टले गण्डकी प्रदेश भलिबल संघलाई तथा गल्कोटले पनि साविक विजेता गण्डकीलाई नै समान ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । तेस्रो बनेको एभरेष्ट र गल्कोटले ५० हजार ११ रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

November 16, 2025

स्पेन विश्व कप छनोटको नजिक, बेल्जियम रोकियो

एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ। खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण […]

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

Success

Thank you for your time.