1 year ago
September 12, 2024
सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा पाँचौं संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ अर्काे महिना आयोजना हुने भएको छ ।
एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतबार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ ।
रनिङ कपमा पुरुषतर्फ १२ र महिलामा ५ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष हिक्मत घर्ती मगरले जानकारी गराए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी नकआउटका आधारमा प्रतिस्पर्भा गराइनेछ । खेल तालिका प्रतियोगिता शुरु हुनुभन्दा एक साता अघि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

पुरुषतर्फको विजेताले २ हजार ७ सय अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै महिलातर्फको विजेताले १ हजार २ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिला र पुरुष दुवैतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुषतर्फको उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र लिवेरोले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको सहकार्यमा हुन लागेको ढोरपाटन रनिङ कपलाई केओआई र एएलडी कर्पाेरेटले मुख्य प्रायोजन गरेको छ ।

ग्लोबल कन्सल्ट, फोर नेसन्स इन्टरनेसनल पायोनिएर एजुकेशन एण्ड भिजा सर्भिसेस र सिर्जन मल्लको परिवार प्लाटिनम प्रायोजक रहेका छन् । एसएनभ क्लिनि« सर्भिसेस, काठमडौ मम हाउस, मिलन कार्की, जमघट नेपाली रेष्टुरेन्ट, गोल्ड स्पोन्सर रहेका छन् । एभरेस्ट ग्लोबल, नमस्ते ज्वेलर्स, डिवाई बट्चर सप र नेपमार्ट सिल्भर स्पोन्सर रहेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]