1 year ago
September 25, 2024
सुशील पन्त क्षेत्री, चितवन
बुटवल लुम्बिनी एफसी गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनलमा सल्हेस एफसी सिराहालाई २-० ले पराजित गर्दै बुटवल लुम्बिनी उपाधि नजिक पुगेको हो । बुटवलको जितमा आयुष घलानले एक गोल गरे । अर्को एक गोल उसले उपहार पाएको थियो ।
बुटवलले खेलको ५३ औं मिनेटमा एमानुयल बोएटेङको आत्मघाति गोलमा अग्रता लिएको थियो । उनको ब्याक पासमा गोलकिपर प्रमिजय गच्छादार झुक्किदा बल गोलमा परिणत भयो। इन्ज्युरी समयको अन्तिम मिनेटमा आयुषले गोल गरेपछि बुटवल २-० ले विजयी भयो ।
बुटवलका कप्तान एरिक बिष्ट प्लेयर अफ दि म्याच भए । बुटवलले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजतीसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि विभागीय टोलीहरु नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।
शनिवार सम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन इमिनेन्ट इन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् ।
बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]