9 years ago
February 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबलका मिडफिल्डर जगजित श्रेष्ठको अस्ट्रेलिया क्लब सनसाइन जर्ज क्रस एफसीले भिक्टोरिया प्रिमियर लिगमा शनिबार अर्को बराबरी खेलेको छ । सनसाइन जर्ज र मेरिल्यान्ड एफसीले गोलरहित बराबरी खेलेका थिए ।

गत साता सिजनको पहिलो खेलमा पनि सनसाइज जर्जले २–२ को बराबरी खेलेको थियो । पहिलो खेलमा जस्तै जगजितले शनिबार पनि दोस्रो हाफमा मात्र मौका पाएका थिए । जगजितले आफुले अझै सोचे अनुरुपको प्रदर्शन गर्न नसकेको हाम्रो खेलकुदलाई बताएका छन् ।
पहिलो खेलमा २–० ले पछि परेको खेल उल्टाउँदै सनसाइन जर्जले खेल बराबरीमा पुर्याएको थियो ।एक बर्षमा जगजितले दोस्रो अस्ट्रेलियन क्लबमा आबद्ध भएका छन् । उनी केही साताअघि अघि सनसाइनमा आबद्ध भएका थिए ।
यसै बर्षको सुरुआत तिर अस्ट्रेलिया पुगेका जगजितले साउनमा भिक्टोरिया स्टेटको बी डिभिजन टोली ह्युम युनाइटेड एफसीबाट तीन महिना खेलेका थिए । त्यति बेला उनले १ हजार ५ सय अमेरिकी डलर मासिक पारिश्रमिक लिन्थे । गैर अस्ट्रेलियन २ खेलाडी राख्न पाउने प्रावधान अनुसार जर्जले उनलाई क्लबमा समेटेको हो । भिक्टोरियाको प्रिमियर लिगमा २० क्लब छन् ।
नेपालले गत बर्ष दुई महत्वपूर्ण उपलब्धी हासिल गर्दा जगगित पनि टोलीका सदस्य थिए । फागुनमा भारतमा १२ औं दक्षिण एसियाली खेलकुदमा यू २३ ले स्वर्ण पदक जित्नुअघि राष्ट्रिय टोलीले माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप जित्दा जगजित टोलीमा थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]