default_image

9 years ago

February 22, 2017

फेरिने भो त अब पोखरा रंगशाला अनुहार !

151 views

0 Bookmark

केशब पाठक
पोखरा –लामो पर्खाइ पछि अब पोखरेली खेल प्रेमीहरुले पोखरा रंगशालामा बसेर फुटबलको मज्जा लिन पाउने भएका छन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीको बुधवार सम्पन्न बैठकले केही महत्वपुर्ण निर्णय गरेपछि रंगशालाको मुहार केही भएपनि नयाँ रुपमा देख्न पाइने भएको हो ।

तस्विर- सुदर्शन रञ्जित

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले रंगशाला भित्रको महत्वपूर्ण रहेको फुटबल रंगशालाको डिटेल प्रजेक्ट रिर्पोट (डिपिआर) का लागि तयारी सुरु गरिने समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
बैठकले डिपिआर फागुन १५ गते बाट सुरु गरिने निर्णय गरेको छ । ‘आसन्न १३ औं साग खेलकुदलाई मध्ये नजर गर्दै रंगशालाको डिपिआरका लागि समितीले पहल थालेको’ अध्यक्ष पौडेलले भने,’ ‘हामीले डिपिआरका लागि १५ लाख छुट्टाएका र्छौ र यो चाँडै नै सक्ने गरि कामको जिम्मा समेत दिनेछौं ।’ डिपिआर पछि पोखरा रंगशालाको नयाँ प्रारुप तयार हुने समेत उनको भनाई थियो ।
लामो समय देखि पानीको अभावमा काकाकुलको नियती भोग्दै आएको पोखरा रंगशालामा ड्रिलिङ्ग गरि पानी निकाल्ने तयारी गरिएको छ । यहि फागुन १५ गते बाट नै ड्रिलिङ्गका लागि समेत कार्य थालनी गरिने गरि समितीले निर्णय गरेको अध्यक्ष पौडेलले बताए । २०५९ सालमा तत्कालिन पर्खाल निर्माण समितीले पानीको लागि ड्रिलिङ्गको व्यवस्था गरेको भए पनि मर्मत सम्भार अभावका कारण बन्द हुन पुगेको थियो । तर अब त्यस्तो दोहोरिन नदिने र सो को लागि छुट्टै निर्माण समिती गठन गरि संचालनको जिम्मा समेत दिइने उनले बताए ।
हरेक महिनाको पहिलो शनिवार पोखरा रंगशाला सरसफाई अभियानको थालनी गरिने गरि बैठकले निर्णय समेत गरेको छ । रंगशाला सरसफाईका लागि जनपद प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना संग पनि सहयोग लिइने छ भने विभिन्न खेलकुदका संघहरुलाइ अनिवार्य गर्ने गरि निर्णय भएको छ भने सरसफाइका लागि विभिन्न स्वयसेवी संस्थाहरुलाई सहभागिता जनाउन आग्रह गरिने अध्यक्ष पौडेलले बताए ।
सम्पन्न बैठकले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक बिजेताहरुलाई रोजगारको प्रत्याभुती गर्न पोखरामा रहेका विभिन्न औधोगिक घरानियाँहरु संग पहल थालिने निर्णय भएको जानकारी दिए । ‘उनीहरुको रोजगारको शुनिस्चितता गर्नु हाम्रो कक्र्तव्य हो र त्यो अनुसार हामी छिट्टै पहल थाल्छौ’ उनले भने । स्मरण रहोस सातौं राष्ट्रिय खेलकुदमा ८ जनाले पश्चिमाञ्चल बाट स्वर्ण पदक जितेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.