default_image

9 years ago

February 23, 2017

युनाईटेड युरोपाको प्रि-क्वार्टरफाइनलमा प्रवेश

148 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली टोली सेन्ट एटिएनलाई अवे मैदानमा १-०ले पराजित गर्दै समग्रमा ४-०को जितसंगै म्यनचेस्टर युनाइटेड युरोपा लिगको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

as-saint-etienne-v-manchester-united-uefa-europa-league-round-of-32-second-leg

खेलको १७औं मिनेटमा जुआन माटाको पासलाई सदुपयोग गर्दै हेनरिक मिखितार्यानले युनाईटेडको लागि गोल गरेका थिए। त्यसको केहि समयपछिनै गोलकर्ता मिखितार्यान घाइते भएपछि मैदानबट बाहिरिएका थिए।

आगामी आइतबार लिग कपको फाइनल खेल्न तयार रहेको युनाईटेडले मिखितार्यान र क्यारिकलाई गुमाउने सम्भावना बढेको छ। क्यारिक पनि एटिएनसंगको खेलमा घाइते भएकाले साउथह्याम्पटनसंगको फाइनल गुमाउने सम्भावना बढेको हो।

युरोपा लिगकै अन्य खेलमा क्राजोन्डारले फेनरबाचेलाई १-१मा रोकेपछि समग्रमा २-१को जित दर्ता गर्यो। साल्का र पाओकले पनि १-१को बराबरी खेले। पहिलो लेगमा सहज जित हासिल गरेको साल्का समग्रमा ४-१जितसंगै अर्को चरणमा पुग्यो।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.