default_image

7 years ago

March 6, 2017

पोखरा रंगशालामा ड्राइभिङ्ग सिकाउन खोज्नेलाई खेलाडीले लखेट्ने

पोखरा (हाम्रो खेलकुद)– ड्राइभिङ्ग प्रशिक्षणका लागि भन्दै पोखरा रंगशालामा प्रवेश गर्न खोज्ने  यातायतका साधन सहितका केही व्यक्तिलाई खेलाडीहरुले लखेटेका छन् । कास्कीका खेलाडीहरुको नेतृत्वमा करिव २ सय जना खेलाडी र खेलप्रेमीहरुले सोमबार बिहान उनीहरुलाई लखेटेका हुन । ड्राइभिङ्ग सिकाउन प्रवेश गरेकाहरु यातायातका साधन सहित रंगशाला बाट भागेका थिए । २१ वर्ष अघि गण्डकी ड्राइभिङ्ग प्रशिक्षण […]

40 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– ड्राइभिङ्ग प्रशिक्षणका लागि भन्दै पोखरा रंगशालामा प्रवेश गर्न खोज्ने  यातायतका साधन सहितका केही व्यक्तिलाई खेलाडीहरुले लखेटेका छन् । कास्कीका खेलाडीहरुको नेतृत्वमा करिव २ सय जना खेलाडी र खेलप्रेमीहरुले सोमबार बिहान उनीहरुलाई लखेटेका हुन । ड्राइभिङ्ग सिकाउन प्रवेश गरेकाहरु यातायातका साधन सहित रंगशाला बाट भागेका थिए ।

pokhara-stadium

२१ वर्ष अघि गण्डकी ड्राइभिङ्ग प्रशिक्षण केन्द्रलाई भाडामा उक्त प्रशिक्षण केन्द्रलाई भाडामा दिने सम्झौता गरे पनि पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले सम्झौताको १२ नं वुदा अनुसार उपल्लो निकायले चाहेको बेला सम्झौता रद्द हुने बमोजिम २०७३ माघ १० गते सात दिन भित्र ड्राइभिङ्ग हटाउन जिल्ला खेलकुद विकास समितिलाई पत्राचार गरेको थियो ।  सो अनुरुप जिल्ला खेलकुदले हटाए पनि सम्झौता विरुद्ध हटाएको भन्दै उनीहरु जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

कास्की जिल्ला अदालतले २०७३ फागुन १२ गते सो बारे फैसला गर्दै विपक्षी जिल्ला खेलकुदका नाममा स्टे अर्डर जारी गरेको थियो । तर फैसलामा ३० दिन भित्र प्रतिउत्तर लगाउने म्याद दिएको हुनाले एक दुई दिन भित्रै जिल्ला खेलकुदले प्रत्तिउत्तर लगाउने जिल्ला खेलकुदका प्रमुख प्रकाश बरालले जानकारी दिए । उनले भने यो मुद्दा कसैको हार वा जित होइन सम्मानित अदालतमा छलफलको क्रममा नै रहेकोले प्रशिक्षण केन्द्रले जवरजस्ती गर्नु पनि उचित छैन ।

उता पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले ड्राइभिङ्ग प्रशिक्षणलाई सम्झौता बमोजिम नै हटाएको बताए । उनले यो विषय खेलप्रेमी, खेलाडीको विषय मात्र नभएर सार्वननिक हित र चासोको विषय भएको बताए । ‘रंगशाला खेलकुद बिकासको लागि राष्ट्रिय प्रतिष्ठाको विषय संग जोडिएको छ, यो खेलकुदको विश्वविद्यालय समेत हो, स्वस्थ नागरिक उत्पादन गर्ने थलोमा धुवा धुलो र दुर्घटनाका जोखिमका कुरा पनि धेरै भए, हामी अजित भएर नै यसलाई हटाउने निधो गरेका हौं, जुन  सम्झौताको १२ नं वुँदामा समेत स्पष्ट छ’  उनले भने । ‘पोखरा रंगशाला यतिबेला १३ औ साग खेलकुदको तयारीको विकासका लागि पर्खेर बसेको छ । मुलुकको प्रतिष्ठा संग जोडिएको विषय भएको र पुर्वाद्धार विकासका लागि तयारी सुरु गर्नु परेकोले निजी नाफा मुलक व्यवसायिक संस्थाहरुलाई रंगशाला बाट हटाउनुको विकल्प नभएको’ उनले बताए  ।

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

April 22, 2024

गल्कोटलाई नवौं सिल्भर रनिङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

Success

Thank you for your time.