9 years ago
March 9, 2017
बिर्तामोड (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) को झापा समन्वय शाखाले पहिलोपटक ‘स्पोर्टस् अवार्ड’ वैशाखमा आयोजना हुने भएको छ । मञ्च समन्वय शाखाको बुधबार बसेको बैठकले २०७४ वैशाख ९ गते अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णय गरेको अध्यक्ष रमेश समदर्शी राईले बताए ।

‘विभिन्न चार विधामा अवार्ड वितरण गर्दैछौँ’, राईले भने, ‘वर्ष उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, उत्कृष्ट युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक अवार्डका चार विधा हुन् ।’ झापा जिल्लामा रहेर खेलकुदमा संलग्न जुनसुकै विधाका खेलाडी तथा प्रशिक्षकको प्रदर्शनको मूल्याङ्कन गरी अवार्ड वितरण गरिने उनले बताए ।
अवार्ड वितरण समारोहलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । मञ्चका सचिव पर्वत पोर्तेलको संयोजकत्वमा प्रतिभा छनोट उपसमिति गठन गरिएको छ भने कोषाध्यक्ष बुद्ध तामाङको नेतृत्वमा आर्थिक व्यवस्थापन उपसमिति र सदस्य सृजन घिमिरेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य पङ्कजविक्रम नेम्बाङले आप्mनो भाइ स्व. आशिषविक्रम नेम्बाङको स्मृतिमा पुरस्कार राशिको सौजन्य गर्ने तय भएको आर्थिक समिति संयोजक तामाङले बताए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]