default_image

9 years ago

March 12, 2017

नेपाल हवाई खेलकुद संस्थाको अध्यक्षमा पुनः भट्टराई

469 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५ औं साधारण सभा तथा ७ औं महाधिवेशनबाट पनुः योगेश भट्टराईको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई बर्षको लागि भट्टराइको अध्यक्षतामा सर्वसम्वत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

na
नाको प्रथम उपाध्यक्षमा सोभित बानिया, द्धितीय उपाध्यक्षमा कृष्ण प्रसाद भण्डारी, प्राविधिक उपाध्यक्षमा रविन गुरुङ, महासचिवमा वसन्तराज दवाडी, सचिवमा ईन्द्र प्रसाद भण्डारी, कोषाध्यक्षमा कृष्ण हरी सुवेदी, सह–कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना रहेका छन ।

यस अघि भट्टराई अध्यक्ष, उपाध्यक्षमा वानिया, भण्डारी सचिव, प्राविधिक उपाध्यक्षमा गुरुङ, महासचिवमा दवाडी, सदस्यमा तिमिल्सिना रहेका थिए । ईन्द्र र सुवेदी नयाँ अनुहार हुन । त्यसै गरी सदस्यहरुमा मधुकर सुवेदी, प्रकाश पोखरेल, पुनम वंजन, अनन्तराज पौडेल, चिन बहादुर वानिया, अनिल केसी, चेतबहादुर न्यौपाने, आसिस भट्टराई र असोक पराजुली रहेका छन ।

अध्यक्ष भट्टराईले नियमनकारी निकायलाई जिम्मेवार बहन गराउन पहल गर्ने, अव्यबस्थित प्याराग्लाईडिङ व्यवासायीलाई नयाँ ढंगले तथा पुर्वाधार विकास गर्ने, अन्तराष्ट्रिय स्तरमा खेलाडीहरुलाई पु¥याउन विभन्नि प्रतियोगितामा सहभागि गराउने लक्ष्य लिएको बताए । त्यसै गरी उनले खेलाडीलाई प्रोत्साहन गर्ने, प्याराग्लाईडिङ व्यवसायलाई चुस्त दुरुस्त बनाउने, अन्तराष्ट्रिय क्षेत्रमा सहासिक खेल प्याराग्लाईडिङको प्रवद्र्धन गर्ने, नेपाल खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता सहित प्रि–

वल्र्ड कप गराउदै भविश्यमा विश्व कप गराउने लक्ष्य राखिएको बताए ।पर्यटकिय नगरी पोखरामा पर्यटकहरुको आर्कषणको रुपमा फस्टाउदै आएको प्याराग्लाईडिङ पेशालाई दिगो रुपमा संचालन गर्नको लागि व्यबस्थित पार्न पोखरेलीहरुले माग गरेका छन ।
त्यसै गरि नेपाल हवाई खेलकुद संस्था (ना) को शनिबार पोखरामा सम्पन्न भएको १५ औं साधारणसभा तथा ७ औं महाधिवेशन उद्घाटन सत्रमा वोल्ने विभिन्न संघ संस्थाका पदाधिकारी तथा पोखरेलीहरुले पोखरामा संचालन भएको प्याराग्लाईडिलाई जिवन्त राख्न पनि समयमै व्यबस्थित पार्न आग्रह गरेका हुन । उनीहरुले विश्व बजारमा फस्टाउदै गएको साहासिक खेल मध्येको एक प्याराग्लाईडिङ पोखरामा अझ धेरै सम्भावना भएकोले पनि यस पेशालाई दिगो हुने गरी संचालन गर्न माग गरेका हुन । वक्ताहरुले प्याराग्लाईडिङलाई नियमनकारी निकायबाट प्रभावकारी ढंगले अनुगमन गर्न समेत माग गरे ।

नागरीक उड्डयन कार्यालय पोखराका प्रमुख भोला प्रसाद गुरागाईले अधिवेसनको उद्घाटन गर्दै पोखराको प्याराग्लाईडिङ पेशा संरक्षणमा आफुहरु गम्भिर रहेको बताए । पोखरामा अन्तराष्ट्रिय विमान स्थल बनेपछि पोखराको प्याराग्लाईडिङ पेशालाई संरक्षण गर्ने उद्धेश्यले २ जना प्राविधिक अध्ययनको लागि न्युजिल्याण्ड पठाउने र उनीहरुको सल्लाह सुझाव अनुसार प्राधिकरण अघि बढ्ने तयारीमा रहेको गुरागाईले जनाए ।

पोखराको प्याराग्लाईडिङको नियमनकारी निकाय क्यान भए पनि प्राविधिक हिसावले ना र हरेक प्याराग्लाईडिङ पार्ईलटहरुले नियम पालन गर्न उनले आग्रह गरे । उनले भने ‘पोखरा सहितको छिमेकी जिल्लामा समेत प्याराग्लाईडिङको सम्भावना खोजिनु पर्दछ, स्वस्थ्य प्रतिष्प्रर्धा हुनुपर्दछ, सवैले जिम्मेवारी पुर्ण ढंगले काम गर्नुभयो भने हामी सवैलाई फाईदा पुग्छ ।’ राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले पर्यटन क्षेत्रमा देखिएको अस्वस्थ्य प्रतिष्प्रर्धा हटाउन सवै व्यवसायिहरु एक हुनु पर्नेमा जोड दिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले क्यानले प्याराग्लाईडिङलाई पेशालाई मर्यादित पार्न जिम्मेवारी ढंगले काम गर्न आग्रह गरे । नेपाल पर्यटन वोर्डका पुर्व सदस्य तथा नाका सल्लाहकार टिकाराम सापकोटाले विश्व बजारमा साहासिक खेलको महत्व बढ्दै गएकाले राज्यले यस पेशालाई संरक्षण गनूपर्ने बताए ।

पोखरा क्षेत्रमा ६० वटा कम्पनिहरु भए पनि नामा हाल ४८ वटा प्याराग्लाईडिङ कम्पनिहरु आवद्ध भएको महासचिव वसन्तराज दवाडीले बताए । नाका अध्यक्ष योगेश भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उपाध्यक्ष सोवियत बानिया, सचिव कृष्ण भण्डारी लगायले वोलेका थिए ।

उक्त अवसरमा प्याराग्लाईडीङको प्रि–वल्र्ड कप अन्र्तगत इण्डोनेशियामा हालै च्याम्पीयन भएको नेपाली टिम, भारतको उत्तराखण्डमा सहभागि खेलाडीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नेपाली पहिलो प्याराग्लाईडीङ पाईलट राजेश वम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, शुसिल गुरुङ, सुविन राना मगर, युकेस गुरुङ, देशविर जिम्मी र एक महिला खेलाडी कृशु पौडेल रहेकी छन । नेपाली टिमलाई प्रशिक्षण अजय कुमार शर्माले गराएका थिए । त्यसै गरी उत्तराखण्डमा सहभागि खेलाडीहरु अनिस भट्टराई, शेर बहादुर गुरुङ, नुरेन गुरुङ, निशीम थापा, सुरज थापा, विजय दाहाल र असिम थापा रहेका थिए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.