9 years ago
March 16, 2017
टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल फाइनल
अग्नी रुपन्देही ११ विरुद्ध सिएमजी क्लब संकटा
नेपालगञ्ज रंगशाला
सिएमजी क्लब संकटा – अजय महर्जन (गोलकिपर), रवि सिलवाल (कप्तान), सविन खड्का, लावल ओलालेकान, विश्व अधिकारी, शुसील केसी, अनिल गुरुङ, राज पौडेल, मार्टिन अजयी, एगबोल मोसुद, भुषण सुब्बा
अग्नी रुपन्देही ११ – सोजित गुरुङ (गोलकिपर, कप्तान), कालु थापा, सौरभ मगर, मौसा, उत्तम गुरुङ, गौरव बुढाथोकी, अजय विक, शिव सुवेदी, लक्ष्मण रुचाल, अमर डंगोल, अजय थापा

अग्नी रुपन्देही ११ ले टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कपको उपाधि जितेको छ । सिएमजी क्लब संकटालाई बिहीबार सडन डेथमा १–१(५–६) ले पराजित गर्दै रुपन्देहीले बर्षको दोस्रो उपाधि जितेको हो ।
६५ औं मिनेटमा खेलमा पछि परेको अवस्थालाई उल्टाउँदै रुपन्देहीले सडन डेथमा जित हासिल गरेको हो । नेपालगञ्ज रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र टाइब्रेकरमा ४–४ को बराबरीपछि सडन डेथमा रुपन्देही विजयी भएको थियो । टाइब्रेकरमा दुवै टोलीले ८–८ पेनाल्टी प्रहार गरेका थिर्ए । सडन डेथमा गौरव बुढाथोकीको गोलमा रुपन्देहीले नेपालगञ्ज गोल्डकप जितेको हो ।
खेलको अन्त्यतिर रुपन्देहीले बराबरी गोल फर्र्काएको छ ।
६५’ – संकटाले १–० को अग्रता लिएको छ । अनिल गुरुङले पेनाल्टीमा गोल गरेका हुन् ।
६०’ – खेलको एक घन्टा वितेको छ । अझै पनि खेल गोलरहित बराबरीमा अघि बढिरहेको छ ।
४६’ – टुबोर्ग नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिताको फाइनको दोस्रो हाफ सुरु भएको छ ।
पहिलो हाफ सम्म गोलरहित बराबरी ।
पहिलो हाफको समाप्ती । संकटा र रुपन्देहीबीचको फाइनलमा पहिलो हाफसम्म गोलरहित बराबरी
४५’ –२ मिनेट इन्जुरी समय थप गरिएको छ ।
४०’ संकटाका विश्व अधिकारीको फ्रिकिक रुपन्देहीका गोलकिपर सोजितले पन्च गरेर फर्काए ।
३५’ – संकटाका मार्टिन्सले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई रुपन्देहीका गोलकिपर सोजितले सहजै नियन्त्रणमा लिए ।
३०’ – खेल सुरु भएको आधा घन्टा बितेको छ । अहिले सम्म गोलरहित बराबरी
यो सिजन संकटाले तीन वटा र रुपन्देहीले एउटा नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेका थियो ।
७’ – रुपन्देहीका अजय विकले पेनाल्टी बक्सबाट गरेको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
यो सिजन संकटाले यो सातौं र रुपन्देहीको दोस्रो नकआउट फाइनल हो ।
फाइनल फिफा रेफ्री सुदीश पाण्डेले खेलाइ रहेका छन् ।
१’ – खेल सुरु भएको छ ।
फाइनल अब केही समयमा सुरु हुन लागेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]