default_image

7 years ago

March 18, 2017

नेपालगञ्जमा खेल संस्कारलाई पूर्नजीवन दिने प्रयासमा खेलकर्मी

प्रकाश तिमल्सिना नेपालगञ्ज– टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल सकिएको केही क्षणपछिबाट आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको मोबाइलमा एक पछि अर्को कल आउन थाल्यो । मोबाइल उठाउँदै धन्यवाद दिदामा उनलाई फुर्सद भएन । अलि रात पर्दै गएपछि भने उनले मोबाइलको स्विच अफ नै गरे । अधिकांश फोन बधाईका थिए । […]

20 views

0 Bookmark

प्रकाश तिमल्सिना
नेपालगञ्ज– टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको बिहीबार फाइनल सकिएको केही क्षणपछिबाट आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको मोबाइलमा एक पछि अर्को कल आउन थाल्यो । मोबाइल उठाउँदै धन्यवाद दिदामा उनलाई फुर्सद भएन । अलि रात पर्दै गएपछि भने उनले मोबाइलको स्विच अफ नै गरे । अधिकांश फोन बधाईका थिए । बधाईको एकमात्र कारण थियो, टुबोर्ग नेपालगञ्ज गोल्डकपको सफल आयोजना । उनले अनुमान गरेभन्दा पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको धेरै नेपालगञ्जवासीले मानेका छन् ।

टि.एस. ठकुरी, भिम ओली र भोजराज शाही

टि.एस. ठकुरी, भिम ओली र भोजराज शाही

कुनै समय खेलाडीको सहरका रुपमा चिनिएको नेपालगञ्जमा खेलकुद गतिविधि बीचका केही बर्ष शून्य प्राय थियो । मुख्यतः भारोत्तोलन, सुटिङ, एथलेटिक्स र क्रिकेटका कारण कुनै समय चर्चामा रहेको नेपालगञ्जमा खेलकुद गतिविधि विस्तारै सुस्ताउन थालेको थियो । २०५४ सालमा रतन टण्डनको अगुवाईमा चौथो राष्ट्रिय खेलकुदको सफल आयोजनाका कारण नेपालगञ्जको चर्चा चुलिएको थियो । त्यसको केही समयसम्म त्यहाँका खेलाडी, अलिकपछि महिला क्रिकेटका कारण नेपालगञ्जको नाम नेपाली खेलकुदमा लगातार सुनियो ।

तर, विस्तारै खेल र खेलाडीका कारण नेपालगञ्ज खेलाडीको सहर भन्ने चर्चा सेलाउँदै जान थाल्यो । पछिल्लो चार बर्षयता भने एकाद प्रतियोगिताले फेरी नेपालगञ्जमा खेलकुदको चर्चा सुरु भएको छ, यद्दपी त्यहाँको खेल संस्कार पुरानै अवस्थामा पुग्न समय लाग्ने देखिएको छ । २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी लिएर फर्केपछि मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीको नेतृत्वमा रहको टोली भौतिक पूर्वाधार निर्माण गरेर यो अवसरलाई सदुपयोग गर्ने अभियानमा जुटेको छ । आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरेर भौतिक पूर्वाधार निर्माण हुँदाले त्यहाँको खेलकुद संस्कार पूर्नजीवित हुने उनीहरुको विश्वास छ ।

पश्चिमको पोखरा वा पूर्वको झापामा जस्तो टिकट र चन्दाबाटै मनग्गै आर्थिक संकलन हुने अवस्था नेपालगञ्जमा कम्तिमा यो बर्ष सम्म देखिएको छैन । रंगशालामा सम्म पुगेर टिकट काटेर खेल हर्ने बानी बसाल्न नेपालगञ्जका खेलकर्मीले अझै केही बर्ष मेहनत गर्नैपर्ने देखिन्छ । बाँके जिल्ला भलिबल संघले चार बर्षअघि प्रधानमन्त्री कप महिला भलिबल सुरु गरेको छ । क्रियटिभ्स ह्यान्ड्सले नेपालगञ्ज म्याराथन सुरु गरेको पनि दुई बर्षमात्र भएको छ । बाँके जिल्ला फुटबल संघले नेपालगञ्ज गोल्डकप आयोजना गरेको यो लगातार दोस्रो बर्ष हो। यी पछिल्ला खेलकुद प्रतियोगितालाई खर्च जुटाउन पनि हम्मे हम्मे परेको आयोजक बताउँछन्।

npj-gold-cup-final

टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा अग्नी रुपन्देही ११ र सिएमजी क्लब संकटाबीच बिहीबार भएको फाइनल खेलको दृश्य । तस्बिर- सौरभ गिरी

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार नेपालगञ्ज गोल्ड कप आयोजनामा झन्डै ६ लाख रुपैयाँ घाटा परेको थियो। यो बर्षपछि खर्च उठाउन गाह्रो देख्दा देख्दै संघले गोल्डकप आयोजना आट्यो। गत बर्षभन्दा यसपटक प्रायोजकहरु बढे । त्यसले केही सहज भएको छ । तर, पुरा हिसाब गर्न बाँकी रहेपनि केही घाटा यो बर्षपनि हुन सक्ने शाहीको अनुमान छ । तर, गत बर्षभन्दा कम हुने उनले आकलन गरेका छन् । घाटा पर्ने निश्चित प्राय भएपनि उनको हौसला भने कमजोर होइन, झन बढेको छ । फाइनलको भोली पल्ट उनले भने,‘यो प्रतियोगिता स्थापित हुन केही बर्ष अझै लाग्ला । तर हामीले हिम्मत हारेका छैनौं । नेपालगञ्ज गोल्ड कपको निरन्तरता हाम्रो कार्यकालमा स्थापित गरेर छोड्ने लक्ष्य राखेका छौं । यहो हाम्रो ठाँउको चिनारीसँग जोडिएको प्रतियोगिता हो ।’

गोल्डकप अवधि भर दर्शकहरु सोचेअनुरुप नभएपछि फाइनलमा झन्डै ५ हजार दर्शक रंगशाला पुग्दा शाही दंग थिए । स्थानिय स्तरका फुटबलमा दर्शकको उपस्थिति विना प्रतियोगितालाई सफल मानिदैन । अब स्थानियस्तरमा हुने प्रतियोगिता बाहेक नेपालगञ्जलाई खेलकुदका माध्यमबाट चिनाउने मुख्य तीनवटा प्रतियोगिता नेपालगञ्ज गोल्डकप, प्रधानमन्त्री कप भलिबल र नेपालगञ्ज म्याराथन हुन् । आयोजकहरु यी प्रतियोगितालाई निरन्तरता दिनेमा दृढ छन् ।

मात्रै अबको खाचो स्थानियहरुको व्यापक सहभागिता, समर्थन र सहयोगको मात्र हो कमी हो । आउने दिनमा विस्तारै माहोल परिवर्तन हुनेमा बाँके फुटबलका अध्यक्ष शाही र बाँके भलिबलका अध्यक्ष टिएस ठकुरी आशावादी देखिन्छन् । विगतको जस्तै खेल संस्कारलाई पूर्नजीवित गर्न अझै केही बर्ष लाग्न सक्छ भन्ने मानेर उनीहरु निरन्तर प्रयास भने जुटिरहने बताउँछन् ।

17380003_10155897876783032_1835729591_o

‘खेलकुदमा सफलता पाउन जति खेलाडी र प्रशिक्षकले जति लगातार मेहनत गर्नुपर्छ त्यतिै नै कुनै पनि ठाँउमा खेलकुद संस्कार विकासका लागि त्यत्ति नै मेहनत आवश्यक देखेका छौं,’ बाँके भलिबलका अध्यक्ष ठकुरी भन्छन्,‘यसपटक नेपालगञ्ज गोल्डकप फुटबल र प्रधानमन्त्री कप भलिबल कपको आयोजनाले केही आशा देखाएको छ । आउने दिनमा स्थानियहरुको साथ र सहयोग अवश्य रहनेछ भन्ने विश्वासका साथ हामीले हिम्मत हारेका छैनौं ।’

क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली पछिल्ला खेलकुद गतिविधिले नेपालगञ्जमा खेलकुद पूर्नजीवित हुने संकेत मिलेकोमा सन्तोष व्यक्त गर्दै भन्छन्,‘साथीहरुले जति प्रयास गर्नुभएको छ, त्यो प्रशंसा योग्य छ । अब दुई दशक पछि फर्केर मध्यपश्चिमले आठौं राष्ट्रिय खेलकुद आयोजनाको मौका पाएको छ । त्यो सफलतापूर्वक आयोजना गरेर हामी नेपालगञ्ज र पुरै मध्यपश्चिममा खेलकुदको माहौल सृजना गर्न चाहन्छौं, खेलकुद संस्कार विकास गर्न चाहन्छौं ।’

eigth-national-games

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीका साथ मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली (दायाँ) र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टि.एस.ठकुरी (बायाँ) ।

खेलकुद संस्कार निर्माणका लागि स्थानियको साथ सहयोग जति आवश्यक छ त्यति नै आवश्यक भौतिक पूर्वाधार रहेको अध्यक्ष ओली बताउँछन् । ‘हामीले अहिले जति पनि खेलकुद प्रतियोगिता गरिरहेका छौं । ती सबै पुरानै संरचनाका भरमा भएका छन् ,’ उनले भने,‘आठौं राष्ट्रिय खेलकुदका लागि यी संरचनाले पुग्दैन । यसमा स्तरउन्नती र नयाँ निर्माण जरुरी छ । हामीले आठौंलाई मध्यनजर गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप), युवा तथा खेलकुद मन्त्रालय हुँदै सरकारलाई भौतिक निर्माणका लागि प्रस्ताव अघि सारिसकेका छौं । हामीले योजना गरेअनुसारको भौतिक पूर्वाधार तयार गर्न सक्यौं भने नेपालगञ्ज फेरी पनि खेलाडीहरुको सहर बन्नेमा हामी आशावादी छौं ।’

December 3, 2023

नेपालकी रशिला एसिया ट्रेल मास्टरमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् । शनिबार भएको स्पर्धामा नेपालकी रशिला महिला ७७ किलोमिटर सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौडमा च्याम्पियन बनेकी हुन् । उनले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । च्याम्पियन […]

November 24, 2023

नेपालगञ्ज कनक्लेभमा खेलकुदको‌ चर्चा

नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको‌ अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]

November 20, 2023

भारतले फाइनलमा हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]

Success

Thank you for your time.