9 years ago
March 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आगामी वैशाख १० गतेबाट अत्तरियामा पहिलोपटक अत्तरिया वुमन्स कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ। २० गतेसम्म चल्ने प्रतियोगिता अत्तरियास्थित एपिएफको क्रिकेट मैदानमा हुनेछ। घरेलु क्रिकेट प्रतियोगितामा महिला क्रिकेट प्रतियोगिता निकै कम भैरेहको अवस्थामा युनाइटेड अत्तरिया स्पोर्टस् क्लबले पहिलोपटक व्यवसायिक रुपमा पहिलोपटक अत्तरिया कप टी–ट्वान्टी वुमन्स कप क्रिकेट प्रतियोगिता हुने भएको हो।

प्रतियोगिताको जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सहभागी टोलकिा कप्तानले प्रतियोगिता र आफ्नो टोलीका बारेमा यसो भने ।
विना बुढामगर (कप्तान), नेपाल एपिएफ क्लब
निकै नै कम भैरहेको महिला क्रिकेट प्रतियोगितामा अत्तरिया कप थपिनु नेपाली महिला क्रिकेट विकासको लागि एउटा आधार बन्न सक्छ । यस्ता खालका प्रतियोगिताहरु आइरहे नेपाली राष्ट्रिय टिममा पनि राम्रा खेलाडीहरु आउन सक्छ। यस प्रतियोगितामा नियमित खेलाडीहरुले खेल्नेछन् ।
रुविना क्षेत्री (कप्तान), मिलन क्रिकेट एकेडेमी
काँकरभिट्टामा यस्ता खालका प्रतियोगिता महिला विकासको लागि क्लबले राम्रो प्रयास थालेको छ । तर, यति ठुलो महिला क्रिकेट प्रतियोगितामा स्पोन्सर नहुदा दुःख लागेको छ । पुरुष क्रिकेट प्रतियोगितालाई स्पोन्सरको लागि ताँती लाग्छ, महिला क्रिकेट प्रतियोगितालाई स्पोन्सर खै त ? उनले प्रतिप्रश्न गरिन्। यस्तै कप्तान क्षेत्रीले टिम ब्यालेन्सका लागि दिल्लीबाट तीन खेलाडीलाई थोरै पारिश्रमिकमा अनुबन्धन गर्ने प्रयास गरेका छौं।
आरती विडारी (कप्तान), राइजिङ क्रिकेट फर वुमन
महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न यस्ता खालका प्रतियोगिताले ठुलो सहयोग गर्नेछ । खेलाडीहरुका लागि पैसाभन्दा पनि प्लेटफर्म ठुलो कुरा हो । बंगलादेश राष्ट्रिय टिमका दुई खेलाडीसहित भारत र पाकिस्तानबाट खेलाडीहरु ल्याउने प्रयास गरेका छौं । विदेशी खेलाडीसँग खेल्दा नेपाली खेलाडीले आफ्नो स्तर बढाउने मौका पाउँछन्। टिममा नेरी थापासहित स्थानीय खेलाडीहरु पनि हुनेछ । विदेशी खेलाडीहरु आफ्नो सम्वन्धको आधारमा ल्याउने लागेको हो । उनिहरुलाई खानेबस्ने बाहेक केही पारिश्रमिक हुने छैन ।
अन्जली चन्द (कप्तान), केडिसिए
कैलाली घरेलु मैदानमै यस्ता खालको प्रतियोगिता आयोजना हुन लागेको हुदा स्थानीय खेलाडीमा उत्साह छाएको छ । टिममा दुई विदेशीसहित बाँकी सबै स्थानीय खेलाडी नै हुनेछन् ।
पुनम फर्सवान (उपकप्तान), कञ्चनपुर–११
टिममा ममता थापाको साथ रहनेछ । उनको साथले टिममा मनोवल बढेको छ । सबै खेलाडी कञ्चनपुरका हुनेछन् । आफ्नै टिम बनाएर खेल्ने प्रयास गर्नेछौं ।
मनिषा चौलागाई (कप्तान),बारा महिला क्रिकेट क्लब
हामीले पछि मात्र मौका पाएका हौं । टिमका केही समस्या छ तर, टिम बनाएर राम्रो भन्दा राम्रो त्रिकेट खेल्ने प्रयास गर्नेछौं ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]