default_image

9 years ago

April 7, 2017

पूर्व विजेता राम ७० केजीको फाइनलमा

145 views

0 Bookmark

काठमाडौं (हामो खेलकुद) – पूर्व विजेता नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल छैटौ मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७० केजीको फाइनलमा पुगेका छन् । उनीसंगै शुक्रबार सिटी हेल्थ स्टुडियोका विशुराम केसी, मध्यपुर फिजिकल फिटनेस क्लबका अमितकुमार मण्डल, मिड–वेस्टर्न फिटनेस सेन्टरका सुरेन्द्र थापा र रुपेन्द्हीका ताराबहादुर थापा क्षेत्री पनि फाइनल पुगे ।


नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा सुरु र्भको प्रतियोगिताको ६५ केजीमा कम्प्लिट हेल्थ क्लबका अनिललाल श्रेष्ठ, फिटनेस फस्टका रोजिन वज्राचार्य, मध्यपुरका दिलकृष्ण खड्गी, व्यायाम मन्दिरका रमेश कार्की र रुपन्देहीका मोतिलाल चौधरी फाइनलमा पुगे ।
पुरुष ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ, फिटनेस फस्टका धर्मराज खापुङ, कपिलवस्तुका सुरेन्द्र वर्मा, मसल्स मेनिया फिटनेस क्लबका आवाज प्याकुरेल र रत्नश्री जिमका कमल भण्डारी अन्तिम चरणमा पुगेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ६० केजीमा फिटनेस फस्टका समिन मगर, व्यायाम मन्दिरका सैलेन्द्रकुमार शर्मा र सुजन तामाङ, रोयल जिम एन्ड क्लबका सुक्देव कार्की र रुपन्देहीका सुनील आलेले फाइनल यात्रा तय गरे ।
पुरुष ७५ केजीमा एक्टिभ फिजिकल फिटनेसका रोहित हमाल, कम्प्लिटका अनुज मास्के, कान्तिपुर फिटनेस सेन्टरका विसन गुरुङ, रिभर फिल्ड फिटनेसका अशोक महर्जन र रुपन्देहीका विजेन्द्रमान श्रेष्ठले फाइनलमा स्थान पक्का गरे ।
७५ केजीमा कञ्जनजंघा फिटनेस सेन्टरका पिताम्बर थलाङ लिम्बू, मसल्सका अमन तण्डुकार, व्यायाम मन्दिरका ग्रिस महर्जन, ओम फिटनेस सेन्टरका वीरबहादुर महतारा र रुपन्देहीका अनिश थापा फाइनलमा पुग्न सफल भए ।
फाइनल चरणमा पहिलो हुने प्रत्येक तौलसमूहका विजेताबीच पुनः मिस्टर हिमालय उपाधिका लागि भिडन्त हुनेछ । मिस्टर हिमालय उपाधि विजेतालाई २ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक तौलसमूहको विजोले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पुरुष फिटनेसतर्फ १ सय ७० सेन्टीमिटर उचाईमुनि सिटीका विशुराम, डिभाइन फिजिकल फिटनेसका रविन्द्र श्रेष्ठ, फिटनेस फस्टका दामोदर श्रेष्ठ, व्यायाम मन्दिरका रमेश कार्की र रोयलका सुक्देव फाइनलमा पुगे । सोही स्पर्धाको १ सय ७० सेन्टीमिटरमाथि उचाईमा कम्प्लिटका अनुज मास्के, डिभाइनका रतिश वज्राचार्य र ज्ञानेन्द्र मल्ल, भालु भैरव जिम एन्ड फिटनेसका मानबहादुर राउत तथा ओयस्टर स्पा एन्ड फिटनेसका साजन अर्याल अन्तिम चरणमा पुगेका छन् ।
महिलाको एथलेटिक फिजिक्सको खुला उचाई समूहमा कम्प्लिटकी आरती काफ्ले, डिभाइनकी जुनु श्रेष्ठ, मसल्सकी मेरिना श्रेष्ठ र ठमेल फिजिकल फिटनेसकी रजनी थापा मगर फाइनलमा पुगे । फिटनेस र एथलेटिक फिजिकका विजेताले २५ हजार, दोस्रो हुनेले१५ हजार र तेश्रो हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।
शनिबार सम्पन्न हुने प्रतियोगिताको शारीरिक सुगठनमा ६, फिटनेसमा २ र एथलेटिकमा १ इभेन्ट समावेश छ । ८६ पुरुष र ४ महिला गरी प्रतियोगितामा ९० खेलाडीले भाग लिइरहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.