9 years ago
April 8, 2017
दिपक बोहोरा
इलाम – गोलकिपर किशोर गिरीले दुईवटा पेनाल्टी रोकेपछि रमपम झापा ११ ले टुबार्ग माई भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उनले यामाहाको १ सय ५० सिसीको मोटरसाइकल प्राप्त गरेका छन् ।

ठूलो टुडिखेलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै झापाले उपाधि जितेको हो । सिजनमा झापाको यो दोस्रो उपाधि हो । यसअघि पुसमा झापाले मेची नेत्रालय काँकरभिट्टा गोल्ड कपको उपाधि जितेको थियो । झापाले गत बर्ष अर्को विभागिय टोली एपिएफलाई हराउँदै माईभ्याली गोल्ड कप लगातार दोस्रो जितेको थियो ।
निर्धारित ९० मिनेट र थप १५ मिनेट गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । फाइनलमा झापाका गोलकिपर किशोर नायक रहे । उनले आर्मीका जितेन्द्र कार्कीसहित दुई जनाको पेनाल्टी रोकेका थिए । सन्तोष फाइनलको म्यान अफ दी म्याच समेत बनेको थिए ।
प्रतियोगिताको व्यक्तिगत पुरस्कार फाइनल पुगेका दुई टोलीका समान ३ जनाले प्राप्त गरेका छन् । फाइनलको टाइब्रेकरमा २ गोल रोकेका झापाका गोलकिपर किशोर गिरी उत्कृष्ट गोलकिपर चुनिए । त्यस्तै सोही क्लबका दिलेन लोक्तान उत्कृष्ट रक्षक र सञ्जय राई उत्कृष्ट प्रशिक्षक चुनिए । आर्मीका सन्तोष तामाङ उत्कृष्ट मिडफिल्डर र टंक बस्नेत उत्कृष्ट फरवार्ड घोषित भए ।
माईभ्याली गोल्ड कपका पुरस्कार
विजेता – रमपम झापा ११ (४ लाख रुपैयाँ)
उपविजेता – त्रिभुवन आर्मी (२ लाख ५० हजार रुपैयाँ)
म्यान अफ दी सिरिज – विवेक बस्नेत (त्रिभुवन आर्मी)
उत्कृष्ट
गोलकिपर – किशोर गिरी (झापा ११)
रक्षक – दिलेन लोक्तान (झापा ११)
मिडफिल्ड – सन्तोष तामाङ (त्रिभुवन आर्मी )
फरवार्ड – टंक बस्नेत (त्रिभुवन आर्मी)
प्रशिक्षक – सञ्जय राई (झापा ११)
सर्वाधिक गोलकर्ता – अभिषेक रिजाल (नेपाल पुलिस)
उदयमान खेलाडी – अभिषेक लिम्बु (माईभ्याली फुटबल क्लब)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]