default_image

9 years ago

April 8, 2017

अशोकलाई मिस्टर हिमालय उपाधि

266 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको प्रतियोगितामा रिभर फिल्ड फिट्नेस, चमतीका अशोकले पुरुष ७५ केजीमा पहिलो हुँदै बाँकी ५ स्पर्धा विजेता खेलाडीसँग मुख्य उपाधि मिस्टर हिमालय लागि प्रतिस्पर्धा गरेका थिए ।


अशोकले क्रममा अन्य तौल समूहका विजेता ५५ केजीमा रत्नश्री जिम, पोखराका कमल भण्डारी, ६० केजीका नेपाल व्यायाम मन्दिर, ज्याठाका सुजन तामाङ, ६५ केजीका फिट्नेस फस्ट, सतुंगलका रोजिन वज्राचार्य, ७० केजीका रामबहादुर दाहाल र ७५ केजीमाथिका व्यायाम मन्दिरकै ग्रिस महर्जनलाई पछि पारेका थिए । राम चौथो संस्करणका विजेता हुन् । मिस्टर हिमालयको ६ संस्करण समाप्तीमा सचित प्रधानले मात्र दुई पटक उपाधि जितेका छन् । उनले दोश्रो र तेश्रो संस्करणको उपाधि जितेका थिए । पहिलो संस्करणमा हरिश श्रेष्ठ, चौथोमा राम र पाँचौमा रामहरि खनाल च्याम्पियन बनेका थिए ।

७ लाख पुरस्कार रहेको प्रतियोगितामा अशोकले २ लाख ७५ रुपैयाँ प्राप्त गरे । उनले तौल समूहको विजेताका रुपमा अलग्गै २५ हजार रुपैयागरि कुल ३ लाख रुपैयाँ पाए । पुरुष ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ दोश्रो र कपिलवस्तुका सुरेन्द्र वर्मा तेश्रो भए । ६० केजीमा रोयल जिम एन्ड क्लब, बौद्धका सुक्देव कार्की दोश्रो र व्यायाम मन्दिरका सैलेन्द्र शर्मा तेश्रो बने । ६५ केजीमा व्यायाम मन्दिरका रमेश कार्कीले रजत तथा रुपन्देहीका मोतिलाल चौधरीले कांस्य पदक जिते । ७० केजीमा मध्यपुर फिजिकल फिट्नेस क्लब, ठिमीका अमितकुमार मण्डल दोश्रो र सिटी हेल्ट स्टुडियो, सुकेधाराका विशुराम केसी तेश्रो भए । ७५ केजीमा कान्तिपुर फिट्नेस सेन्टर, डल्लुका विसन गुरुङ दोश्रो र कम्प्लिट हेल्थ क्लब, बानेश्वरका अनुज मास्के तेश्रो स्थानमा रहे । ७५ केजीमाथि रुपन्देहीका अनिश थापा दोश्रो र मसल्स वल्र्ड फिट्नेस सेन्टर, खुशिबुँका अमन तण्डुकार तेश्रो भए ।

प्रत्येक तौल समूहको विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फिट्नेसको १ सय ७० सेन्टीमिटर उचाई मुनि सिटीका विशुराम केसी पहिलो, रोयलका सुक्देव कार्की दोश्रो र व्यायाम मन्दिरका रमेश कार्की तेश्रो भए । सोही स्पर्धाको १ सय ७० सेन्टीमिटर उचाई माथि डिभाइन फिजिकल फिट्नेस, कालीमाटीका रतिश वज्राचार्य पहिलो, ओयस्टर स्पा एन्ड फिट्नेस, नयाँ बानेश्वरका साजन अर्याल दोश्रो र कम्प्लिटका अनुज मास्के तेश्रो भए ।

महिला एथलेटिक फिजिकको खुला उचाई समूहमा डिभाइनकी जुनु श्रेष्ठले स्वर्ण, कम्प्लिटकी आरती काफ्लेले रजत तथा ठमेल फिजिकल फिट्नेसकी रजनी थापा मगरले कांस्य जिते । पुरुष फिट्नेस र महिला एथलेटिक फिजिकमा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाए ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, आयोजक शारीरिक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलगायत विजेतालाई पुरस्कृत गरे । दुई दिने प्रतियोगितामा पुरुषको ८ स्पर्धामा ८९ र महिलाको १ स्पर्धामा ४ खेलाडीले भाग लिएका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.