default_image

9 years ago

April 9, 2017

खेलकुदको निबन्ध प्रतियोगितामा एसओएसका दीपकको जित

428 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजना तथा कसमस इन्टरनेशनल कलेजको सहयोगमा आयोजित निवन्ध लेखन प्रतियोगितामा एस.ओ.एस.हर्मन माइनर गण्डकीका दीपक पौडेल विजयी भएका छन । मंचले अन्तराष्ट्रिय खेलकुद दिवसको उपलक्ष्यमा ‘सम्वृद्धी र शान्तिका लागि खेलकुद’ शिर्षकमा पोखरामा मावि स्तरिय निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको हो ।


प्रतियोगितामा, केफ मा.वि.का जिवरण अधिकारी, मदरल्याण्ड मा.वि. की अनिसा लामिछानेले क्रमशः द्धितीय र तृतिय स्थान हासिल गर्न सफल भए । त्यसै गरि ताराकुञ्जकी अस्मिता पराजुली, केफ मा.वि.का विष्णु पौडेल, छोरेपाटन मा.वि. की आकृति थापा, मदरल्याण्ड बोर्डिङ्गकी प्रकृति थापा र बेसलाइन एकेडेमीकी महिमा भट्टराइले सान्त्वना स्थान हासिल गरे ।

विजेताले ७ हजार, दास्रो हुनेले ५ हजार तेस्रोले ३ हजार तथा सान्त्वना पुरस्कार स्वरुप जनही १ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट निवन्धलाई संयुक्त राष्ट्र संघको विकास र शान्तीका लागि खेलकुदको वेवसाइटमा प्रकाशन गरिने भएको छ । उक्त प्रतियोगितामा प्याब्सन, एन. प्याब्सन तथा सामुदायिक विद्यालय गरी ५८ विद्यालयका १ सय ६२ विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

उक्त प्रतियोगिता कसमस इन्टरनेशनल कलेजको मूख्य प्रायोजन तथा नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा सम्पन्न गरिएको हो । कार्यक्रमको उद्घाटन समारोहमा उक्त कार्यक्रमका संयोजक नेपाल ओलम्पिक कमिटिका सदस्य तथा भूतपूर्व खेलाडि मञ्चका प्रथम उपाध्यक्ष तेज गुरुङले खेलकुदको महत्व बारे प्रकाश पारे ।

भूतपूर्व खेला्डी मञ्चका अध्यक्ष एवम् कार्यक्रमका सभापति खड्ग बहादुर रानाभाट, कसमस इन्टरनेशनल कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठ र निर्णायकहरुको तर्फबाट सह प्राध्यापक अशोक शाही र कृष्ण तिमिल्सिनाले खेलकुदका विषयमा धारणा राखेका थिए ।

कार्यक्रमका संयोजक गुरुङ, कलेजका शैक्षिक संयोजक भरत गुरुङ, निर्णायकहरु अशोक शाही, प्रदिप कुमार लम्साल, वेद नाथ शर्मा लगायतले पुरस्कृत गरेका थिए । सोही कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कसमस कलेजका पूर्व विद्यार्थी विवेक श्रेष्ठले विभिन्न शैक्षिक भिडियो दृश्यहरु देखाउनुका साथै अभिमुखीकरण तालिम समेत प्रदान गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.