default_image

9 years ago

April 14, 2017

पोखरा रंगशालामा ‘अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ बन्ने

173 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– नेपालमै पहिलोपटक पोखरामा सार्वजनिक ठाउँमा स्केटिङ ट्रेनिङ सेन्टर बन्ने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहल र अन्र्तराष्ट्रिय स्केटिङ संघको सहयोगमा पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’  निर्माण हुन लागेको हो ।


रंगशालाको दक्षिण पश्चिम क्षेत्रमा रहेको आर्चरी मैदान परिसरको पश्चिम पट्टीको ८ सय स्क्वायर क्षेत्रमा स्केटिङ ट्रेनिङ सेन्टर निर्माण सुुरु गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । नेपाली २५ लाख रुपैयाँ खर्चेर स्केटिङ ट्रेनिङ सेन्टर निर्माण गरिने उनले बताए । यो निर्माणको सबै खर्च अन्र्तराष्ट्रिय स्केटिङ संघले बेहोर्ने पौडेलले बताए ।

स्केटिङ पोखरा रंगशालामा ‘पोखरा अन्र्तराष्ट्रिय स्केटिङ ट्रेनिङ सेन्टर’ बन्ने सेन्टर निर्माणका लागि अन्र्तराष्ट्रिय स्केटिङ संघका डाईरेक्टर वेड ट्रिवियनसहितको ३५ जनाको टोली खटिएको छ । निर्माणमा अमेरीका, बेलायत, जापान, डेनमार्कलगायत १२ देशका अन्र्तराष्ट्रिय स्केटिङ संघका प्रतिनिधी खटिएका हुन् । निर्माण सामग्री खरिद गरेपनि म्यानपावर भने उनीहरु आफैले गरिरहेका छन् ।

निर्माणका लागि आवश्यक ईञ्जिनियर, प्राविधिकसहित सबै काम गर्ने जनशक्ति उनीहरु नै हुन् । हाल उनीहरु विहान ७ बजेदेखी अपराह्न ५ बजेसम्म निर्माण कार्यमा खटिरहेका छन् । एक हप्ता अघिदेखी शुरु भएको यो निर्माण कार्य बैशाख १५ गतेसम्ममा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । आ–आफ्नो सीप अनुसार माटो खन्ने, सम्याउनेदेखी रड, जाली लगाउनेसम्म उनीहरु आफैले गर्नेगरेका छन् । विहानको खाना, दिउँसो खाजा त्यहीं खाएर काममा जुट्ने उनीहरु राती बास बस्न भने लेकसाईड पुग्नेगरेका छन् ।

अन्र्तराष्ट्रिय स्केटिङ संघले ३ हप्ता भित्रमा ट्रेनिङ सेन्टर बनाएर खेलकुद विकास समितिलाई हस्तान्तरण गर्ने अध्यक्ष खगराज पौडेलले बताए । ट्रेनिङ सेन्टर निर्माण सम्पन्न भएपछि उनीहरुले ३ सय भन्दा बढी स्केट बोर्ड पनि प्रदान गर्नेछ । उनका अनुसार स्केटिङ सिकाउनका लागि अन्र्तराष्ट्रिय स्केटिङ संघले केही अवधीका लागि प्रशिक्षक उपलब्ध गराएर प्रशिक्षण पनि गराउनेछन् ।

स्केटिङ पश्चिमा देशहरुमा लोकप्रिय खेलहरु मध्येमा पर्छ । ओलम्पिक खेलकुदमा भने आगामी सन् २०२० मा हुने प्रतियोगितामा मात्रै यो खेल समावेश गरिदैछ । नेपालमा भने यो खेल खासै लोकप्रिय छैन । सार्बजनिक ठाउँमा पहिलोपटक निर्माण गरिएपनि नीजि क्षेत्रले भने पहिल्यैदेखी ¥याम बनाएर खेल्ने/खेलाउने गरेका छन् । पोखराको लेकसाईडमा स्थानिय रामचन्द्र कोइरालाले स्केटिङ ¥याम बनाएर खेल्ने/खेलाउने गरेका छन् । उनै कोइरालामार्फत क्षेत्रीय खेलकुद विकास समितिले सम्पर्क गरेर सहयोग भित्राउन सफल भएको हो ।

पोखरा घुम्न आएका पर्यटकहरु स्केटिङ खेल्न कोइरालाकोमा जाने क्रममा कुराकानी हुँदा उनीहरुले स्केटिङ प्रवद्र्धनका लागि सहयोग गर्ने ईच्छा व्यक्त गरेपछि कोइरालाले क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पोडेललाई सम्पर्क गराईदिएका थिए । सो क्रममा उनीहरुले स्केटिङ ¥याम बनाईदिने सम्झौता अनुसार काम शुरु गरेको पौडेलले बताए ।

स्केटिङ ¥याम निर्माणसँगै क्षेत्रीय खेलकुद विकास समितिले आगामी प्रतियोगितामा स्केटिङ खेल समावेश गर्ने बताएको छ । समितिका अध्यक्ष पौडेलले क्षेत्रीय प्रतियोगिताको रुपमा खेल शुरु गर्ने र राष्ट्रिय खेलमा पनि समावेश गर्नका लागि पहल गर्ने उनले बताए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.