default_image

9 years ago

April 21, 2017

गुरुङ भुतपूर्व खेलाडी मंचको अध्यक्षमा निर्वाचित

215 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – तेज गुरुङ नेपाल भुतपूर्व खेलाडी मंचको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार सम्पन्न पाँचौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल ओलोम्पिक कमिटीका सदस्य गुरुङ नेपाल ह्याण्डबल संघका अध्यक्ष हुन् । यस अघि उनी मञ्चको प्रथम उपाध्यक्ष थिए । अधिवेशनले खेम गुरुङलाई महासचिवमा निर्वाचित गरेको छ

अधिवेशनले मंचको प्रथम उपाध्यक्षमा हरी प्रसाद पराजुली, द्वितिय उपाध्यक्षमा दिल वहादुर गुरुङ, सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा मञ्जुलमान श्रेष्ठ, सह–कोषाध्यक्षमा महेश पौडेल चयन भए । सदस्यहरुमा दिनेश श्रेष्ठ, केशव पाठक, जुम गुरुङ, तिलक केसी, विश्व तञ्डुकार, योगेन्द्र बस्नेत, ओम बहादुर गुरुङ, हरी बहादुर वरुवाल, हरीश्वर पोख्रेल, भरत कुमार आले र पुष्पा श्रेष्ठ छन् ।
त्यसअघि पश्चिम पृतना उपरथी जगदिश चन्द्र पोखरेलले अधिवेशन उद्घाटन गरेका थिए । मंचका निवर्तमान अध्यक्ष खड्ग रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमलाई एन.आर.एन युकेका अध्यक्ष मुछेत्र गुरुङले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
मञ्चले पोखरामा हरेक वर्ष अन्तराष्ट्रिय पोखरा म्याराथनलाई आयोजना गर्दै आइरहेको छ । मञ्चले पोखरा रंगशालाको पर्खाल निर्माण गरि रंगशाला संरक्षणको अग्रसरता लिएको थियो । पूर्व खेलाडीहरुको संस्थाको रुपमा परिचित भूतपूर्व खेलाडी मंचमा २ सय जना अजिवन सदस्य रहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.