9 years ago
April 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पोखरा १० का सुदर्शन रञ्जितले एनएफपिजे ग्रेस इन्टरनेसनल खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका छन् । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले बुधबार पहिलो पटक आयोजना गरेको फोटो कनर्सन राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७३ अन्तर्गत रञ्जितले खेलकुद फोटो पत्रकारिता अवार्ड जितेका हुन् ।

ग्रेस इन्टरनेसनलले प्रायोजन गरेको अवार्डसहित उनले २५ हजार रुपैयाँ प्राप्त गरे । पोखरामा केही महिनाअघि भएको भेट्रान्स फुटबल प्रतियोगिताको रञ्जितले खिचेको तस्बिरले अवार्ड प्राप्त गरेको थियो । अवार्डका लागि पाँच जनाको फोटो मनोयनमा परेको थियो । एनएफपिजेले खेलकुद, राजनीति, लाइभटाइम र अन्य गरि १३ विधामा अवार्ड प्रदान गरेको थियो ।

दुई दशकदेखि मोफसलमा स्वतन्त्र खेलकुद फोटो पत्रकारिता गर्दै आएका ५४ बर्षे रञ्जितले अवार्ड जितेकामा खुसी व्यक्त गर्दै भने,‘एक त मोफसलमा खेलकुद गतिविधि नै कम हुन्छन् । त्यसमा पनि खेलकुद फोटो पत्रकारिता गर्नेको संख्या स्वभाविक रुपमा कम हुन्छ नै । त्यस्तो अवस्थाबाट पनि म अवार्ड जित्न सफल भएकोमा खुसी लाग्छ नै । तर, मेरो फोटो पत्रकारितालाई स्थानिय र राष्ट्रियस्तरका सञ्चारमाध्यमले स्थान दिनु भएकाले सहज भएको हो । यो सफलतामा सञ्चारकर्मी साथीहरुको त्यति नै ठूलो साथ रहेको छ , परिवारले पनि मेरो काममा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । ’
आफुले जितेको अवार्डले नयाँ पुस्तामा पनि सकारात्मक सन्देश जाने रञ्जितको विश्वास छ । उनले थपे,‘राजधानी बाहिर पनि राम्रो काम गर्ने फोटो पत्रकार छन् भन्ने सन्देश जानेछ । यसले नयाँ भाईबहिनीलाई पनि प्रेरणा मिल्नेछ ।’
रञ्जितले एकदशक अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को अवार्ड पनि जिति सकेका छन् । माच्छापुच्छ«े हिमालन पृष्ठ भूमिमा रहेकाले पोखरा मैदानमा बालकहरुले क्रिकेट खेलिरहेको रञ्जितको फोटाले आइसिसी डेभलपिङ अवार्ड जितेको थियो । यसअघि एनएफपिजेले पनि उनलाई सम्मान गरेको थियो । एनएफपिजेले हरेक बर्ष अवार्डको आयोजना गर्ने कोषाध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिए ।

सुदर्शन रञ्जितले खिचेको अवार्ड विजेता तस्बिर ।

ग्रेस इन्टरनेसनलले प्रायोजन गरेको अवार्डसहित उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]