default_image

7 years ago

May 10, 2017

एआइपिएस कंग्रेस सुरु

सोल (हाम्रो खेलकुद) – अन्तर्राष्टिय स्पोट्र्स प्रेस एसोसिएसन (एआइपिएस) को ८०औँ कंगेस मगलबार दक्षिण कोरियाको सोलमा भव्य कार्यक्रमबीच सुरु भएको छ । सम्मेलनमा विश्वका सय राष्टका २ सय ५० प्रतिनिधिहरु सहभागीता जनाएका छन् । सोल र प्योङच्याङमा पाँच दिनसम्म चल्ने सम्मेलनमा विशेषत एसियामा आयोजना हुने विभिन्न अन्तर्राष्टिय खेलकुद लगायत अन्य समसायिक विषयमा छलफल हुने छन् […]

45 views

0 Bookmark

सोल (हाम्रो खेलकुद) – अन्तर्राष्टिय स्पोट्र्स प्रेस एसोसिएसन (एआइपिएस) को ८०औँ कंगेस मगलबार दक्षिण कोरियाको सोलमा भव्य कार्यक्रमबीच सुरु भएको छ ।

सम्मेलनमा विश्वका सय राष्टका २ सय ५० प्रतिनिधिहरु सहभागीता जनाएका छन् । सोल र प्योङच्याङमा पाँच दिनसम्म चल्ने सम्मेलनमा विशेषत एसियामा आयोजना हुने विभिन्न अन्तर्राष्टिय खेलकुद लगायत अन्य समसायिक विषयमा छलफल हुने छन् ।

डोपिङ समस्या
सोलको पाँच तारे होटल लोटटेमा मंगलबार भएको पहिलो दिन विश्व खेलकुदमा देखिएका समस्या, प्रेस स्वतन्त्रता, भस्टाचार तथा डोपिङ विषयमा व्यापक अन्तक्रिर्या भयो । विश्व अन्तर्राष्टिय एमेच्योर एथलेटिक्स महासंघ (आइएएएफ) का सेवास्टियन कोले डोपिङ समस्या झन बढी रहेको बताएका छन् । ‘अहिले विश्व खेलकुदमा डोपिङ एक प्रमुख समस्या हो,’ सेविस्टियन ले भने, ‘खेलकुद स्वच्छ पार्न हामी सवै एक हुनुपर्छ, हामी सवै डोपिङविरुद्ध लडनु पर्छ ।’ आमन्त्रित खेल पत्रकारहरुलाई डोपिङ सम्वन्धी जानकारी दिदै सेविस्टियनले अगस्टमा लन्डनमा हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा डोपिङ समस्या आउन सक्ने बताए । ‘लन्डनमा हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा धेरै खेलाडीले प्रतिवन्धित औषधि प्रयोग गर्न सक्छन्, यही नै एक प्रमुख समस्या हो,’ सेविस्टियन ले भने, ‘खेलकुद स्वच्छ पार्न हामी सवै एक हुनुपर्छ, हामी सवै डोपिङविरुद्ध लडनु पर्छ ।’

एसियामा चार ठूला अन्तराष्टिय खेलकुद
एआइपिएस यति बेला एसिया केन्द्रित छ । आउदो तीन बर्षभित्र एसियाले चार ठूलो अन्तर्राष्टिय खेलकुद प्रतियोगिता आयोजना गर्दैछ । अर्को बर्ष दक्षिण कोरियाकै प्योङच्याङमा विन्टर ओलम्पिक खलकुद प्रतियोगिता हुँदै छ । यसैगरी चीनका ग्वाझाउमा २०१९ मा फिना वल्ड च्याम्पियनसिप र तुर्कमेनिस्तानमा पाँऔँ एसियन इन्डोर गेम्स हुँदैछन् । उद्घाटन समारोहमा यी तीन प्रमुख प्रतियोगिताका आयोजकले प्रसितया्ेगिताका बारे भावी कार्यक्रम प्रस्तुत गरेका छन् । सम्मेलनमा सहभागीहरुको मुख्य चासो नै सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुद प्रतियोगिताको तयारी नै रह्यो । जापानि प्रतिनिधि रायो हिसितामाले भव्य रुपमा ओलम्पिक आयोजना गर्न विभिन्न समिती बनाएर काम सुरु गरिसकेको बताए । टोकियो ओलम्पिकले एसिया खेलकुदको शक्ति भन्ने सन्देश दिने उनको भनाई थियो ।

सय राष्टका खेल पत्रकार
८०औँ एआइपिएस कंग्रेसमा सय राष्टका खेल पत्रकार सहभागी भएका छन् । छलफल क्रममा धेरै जसो युरोपेली पत्रकारहरुले यूवा खेल पत्रकारलाई प्राथमिकतामा राख्नु पर्ने आफनो धारणा राखेका छन् । ठूलो खेल प्रतियोगितामा भस्टाचार, अव्यवस्थित तथा डोपिड नै प्रमुख समस्या रहने गरेको उनीहरुको भनाई थियो । साथै खेलकुदमा अनुसन्धात्मक समाचार विश्व भरी नै कमी रहेको उनीहरुले बताए । जर्मन खेल पत्रकार हाजो सेप्पल्टले एआइपिएसले अनुसन्धानमत्क खेल पत्रकारियतातर्फ ध्यान दिनुपर्ने बताए । साथै एआइपिएस कार्यकारी समितीका सदस्य जिएन पाउलले कतिपय पत्रकारले विना अनसन्धान नै आफ्नो समाचार प्रकासित गर्ने गरेको जनाए ।

दक्षिण कोरिया सुरक्षित
छिमेकी राष्ट उत्तर कोरियाले बारम्बार आणविक हतियार परिक्षण गर्दा दक्षिण कोरिया सुरक्षित नरहेको बताउने गर्छन । सन् २०१८ मा प्योङयाङमा हुने विन्टर ओलम्पिक बेला सहभागी प्रतिनिधि कति सुरक्षित रहने भन्ने प्रश्न छ । तर कोरियन स्पोट्र्स जर्नालिस्ट युनियनका अध्यक्ष हि डोङ  जोङले दक्षिण कोरिया सुरक्षित राष्ट मध्ये एक रहेको स्पष्ट पारेका छन् । ‘तपाईहरु विश्वास गर्नुस दक्षिण कोरिया एसियाकै एक सुरक्षित राष्ट हो, ’ डो ेङ ले भने, ‘राजनीति दृष्टि कोणबाट हेर्दा यहा समस्या छ, तर खेलकुद नजरबाट हेर्दा दक्षिण कोरिया एसियाकै सुरक्षित राष्ट हो, हामीलाई विश्वास छ, विना डर अर्को बर्ष विन्टर ओलम्पिक हुने छ ।, ८०औ एआइपिएस कंग्रेसलाई सरकारबाट पूर्ण रुपमा समर्थन प्राप्त भएको उनले बताए । ‘यस कार्यक्रमलाई सरकारबाट समर्थन प्राप्त छ’ डोङले भने ।

तेस्रोपटक कोरियामा कार्यक्रम
दक्षिण कोरियाले एआइपिएस कंग्रेस आयोजना गरेको यो तेस्रोपटक हो । सन् १९८७ मा पलिोपटक कोरियाले एआइपिस कंग्रेस आयोजना गरयो । त्यसपछि २०११ मा पनि आयोजना गर्न सफल भयो । आयोजक प्रमुख समेत रहेका डोङले तेस्रोपटक एआपिएस कंग्रस गर्न पाउदा खुसी लागेको बताए ।

एसियाली अध्यक्षको राजिनामा
एपिआइएस कंग्रस अगाडि भएको क्षेत्रिय समितीको वैठकमा एसियाली खुलकुद पत्रकार महासंघका अध्यक्ष मोहमद कसिमले राजिनामा दिएका छन् । उनका समितीमा रहेका बहूमतका दश सदस्यले उनीमाथि कार्य क्षमताको अभाव देखाउँदै राजिनामा दिएपछि अल्पमतमा परे पछि उनले पनि पद त्यागेका हुन् । सोही वैठकले तीन महिना पछि क्वालालम्पुरमा एसियाको नयाँ कार्यसमिती चयन गर्ने तय गरेको छ । कसिम एक बर्षअघि बहराइनमा भएको निर्वाचनबाट अध्यक्ष बनेका थिए ।

एआइपिएसको निर्वाचन
भव्य उद्घाटजन समारोहपछि सम्पूर्ण प्रतिनिधिहरुको ध्यान शुक्रबार हुने चुनावमा केन्द्रित भएका छन । शुक्रबार विन्टर ओलम्पिक आयोजक सहर प्योडच्याडमा एआपिएसले नया प्रतिनिधि चयन गर्ने छ । त्यसका लागि एआपिएसका वर्तमान अध्यक्ष मेर्लो निर्विरोध निर्वाचित भइसकेका छन् । इटालीका मेर्रो चौथोपटक निर्विरोध भएका हुन् बाकी पदमा पदका लागि निर्वाचन हुने बताइएको छ । एआइपिएसको कार्यकाल चार बर्षका लागि हुने छ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.