default_image

9 years ago

June 4, 2017

खेलाडीलाई आश्वासनकै भर

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुनु अगावै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशव कुमार विष्टले स्वर्ण विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेका थिए । तर, सातौै सकिएको पाँच महिना पुरा हुदा पनि सदस्य सचिवले दिने भनेको पुरस्कार खेलाडीले अझै पाउन सकेको छैन । 

सातौंका क्रममा मात्र होइन, दुई बर्षअघि राखेप सदस्यसचिव पदको सपथ ग्रहणका क्रममा विष्टले खेलकुदमा स्वर्ण युग ल्याउने र खेलाडीको सेवा सुविधालाई आफुले पहिलो प्राथमितामा राख्ने बताएका थिए । सँधै मिठा र गुलिया भाषण गर्ने बानी परेका बिष्टले आइतबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलकुद सुधारका लागि ध्यानाकर्षण गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा पुरानै कुरा दोहो¥याए । उनले सातौमा स्वर्ण जित्ने खेलाडीलाई दिने भनेको पुरस्कार राशि एक हप्ता भित्रै उपलब्ध गराउने जिकिर गरे । उनले बजेट निकासमा केही ढिलाई हुदा खेलाडीलाई दिने भनेको रकम समयमै दिन नसकेको बताउदै अब यस्तो किसिमको ढिलाई नहुने प्रतिबद्धता व्यक्त गरे । जुन खेलाडीहरुले दुई वर्षअघि बाटै सुन्दै आएको कुरा हो ।

यता, खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले खेलाडी तथा प्रशिक्षकलाई आवश्यक सुविधा नदिए राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टको स्वर्णिम काल पूरा नहुने बताए । पूर्वाञ्चलमा पाँच महिनाअघि सकिएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जित्ने खेलाडीलाई दिने भनेको पुरस्कार अझै नपाएको सन्दर्भ कोट्याउदै उनको मासको अघि खेलाडी तथा पदाधिकारीलाई अनेक आश्वासन दिने र समय आउदा पन्छिन खोज्ने परिवृत्तिले सदस्य सचिवले भने जस्तो स्वर्णिम काल पुरा नहुने समेत बताए । ‘सदस्यसचिवले खेल दौरान नै स्वर्णपदक जित्ने खेलाडीलाई तत्काल १५ हजार र ७ हजार दिने निर्णयले खेलाडीहरु उत्साहित भएका थिए ।

तर, प्रतिायोगिता भएको पाँच महिना नाघिसक्दा पनि खेलाडीले पुरस्कार रकम पाउन सकेको छैन ।’ अध्यक्ष श्रेष्ठले भने, ‘सदस्य सचिव विष्टकै कार्यकालमा खेलाडीले पहिलोपटक स्वर्णसहित नगद पुरस्कार पाउने कुराले खेलाडी उत्साहित थिए । तर, त्यो उत्साह पाँच महिना बितिसक्दा मरेको छ ।’ यस्तै श्रेष्ठले सदस्यसचिवले दिन्छु भनिसकेको र खेलाडीले जितेर पाइसकेको पुरस्कार रकमको लागि कति दिन सम्म लड्नुपर्ने जिज्ञासा राखे । यस्तै श्रेष्ठले सदस्य सचिवको आजको आश्वासन आश्वासनमै सीमित रहने बताए । ‘अझै पनि हामीलाई सदस्यसचिवको आश्वासनमा कुनै विशवास लागेको छैन ।’ श्रेष्ठले भने, ‘सदस्यसचिवले एक हप्ताभित्र पुरस्कार रकम दिने बाँचा गर्नुभएको छ । आशा गरौं यसपटक केही हुन्छ कि ।’

यता खेलाडी संघका पुर्व अध्यक्ष तथा कीर्तिमानी ओलम्पियन दिपक विष्टले सम्मान तथा पुरस्कार सम्मानित तरिकाले पाउनुपर्ने बताए । खेलाडी संघले सदस्यसचिवलाई बुझाएको चारबुदे ध्यानाकर्षण पत्रमा सातौ राष्ट्रिय खेलकुदमा स्वर्णपदक जित्ने खेलाडीलाई जनही १५ हजार र ७ हजार तत्काल उपलब्ध गराउनुपर्ने माग राखेको छ । यस्तै मध्यपश्चिममा हुने आठौं राष्ट्रिय खेलकुद सातौमा जस्तो पूर्वाधार अभावमा नहोस् भन्नका लागि तत्काल तयारी थाल्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।

नेपालले आयोजना अधिकार पाएको १३ औं सागको तयारीको कुनै काम नभएको भन्दै यसलाई यथासिघ्र तयारी थाल्न र प्रतियोगिता निर्धारित समयमै नभए एक पुस्ताका खेलाडी नै पलायन हुने खतरा रहेकाले नेपाल आफैले सुरु गरेको प्रतियागिता निर्धारित समयमै गर्न माग गरेको छ । राखेपबाट २०७४ सालमा खेल र खेलाडीको लागि तय गरेको कार्यक्र अबिलम्ब सार्वजनिक गर्न माग गरेको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.