default_image

9 years ago

June 6, 2017

बागलुङ लिगमा पहिलो दिन चिल्ड्रेन लाइफ र रुद्रेपिपलको जित

163 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ – बागलुङ जिल्ला लिगको पहिलो दिन मंगलबार चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब र रुद्र्रेपिपल युवा क्लब विजयी भएका छन् । उद्घाटन खेलमा चिल्ड्रेन लाइफले बागलुङ खेलकुद क्लबलाई ३–० ले र रुद्रेपिपलले युनिटी युथ क्लबलाई २–० ले हराएको छ ।


२१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै गणेश लामिछानेले चिल्ड्रेन लाइफलाई अग्रता दिलाएका थिए । कमजोर रक्षापक्तिको फाइदा उठाउँदै रञ्जित थापाले २४ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरे । दोस्रो हाफको १६ औं मिनेटमा सरोज थापाले गोल गरेपछि टोलीको जित सहज बन्यो ।

अर्को खेलको २४ औं मिनेटमा रोशन केसीले पेनाल्टी गोलमार्फत रुद्रेपिपललाई अग्रता दिलाएका थिए । त्यसो ५ मिनेटपछि गणेश विसीले २९ औं मिनेटमा गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को बार्षिक कार्यक्र अनुसार बागलुङ जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिता जेठ २९ गते सम्म चल्ने जिल्ला संघका महासचिव जय राजभण्डारीले जानकारी दिए । प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर जनकराज पौडेले गरेका थिए ।

लिग विजेताले उपाधिसहित ५० हजार र दोस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमले २–२ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, रक्षक, मिडफिल्ड, स्ट्राइकर र उच्च गोलकर्ताले समान १ हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ ।

जिल्ला लिगमा भोली पहिलो खेल समूह ‘बि’मा रसआवर फुटसल र पावर फिटनेस क्लब, समुह ‘ए’ मा बागलुङ खेलकुद क्लब र रुद्रेपिपल तथा चिल्ड्रेन लाइफ र युनिटि युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.