default_image

8 years ago

June 24, 2017

किन क्रिकेट फुटबल जति लोकप्रिय हुन सकेन?

326 views

0 Bookmark

रोहित सुनार (पाठक प्रतिक्रिया)

नेपाली खेलकुदमा समय समयमा फुटबल र क्रिकेटको तुलना हुने गर्दछ । यी दुई खेलमा कुन खेल लोकप्रिय र ठुलो छ आ आफ्नै तर्क पनि छन् । तर, जति बहस भएपनि, विश्व खेलकुद जगतमा फुटबल नै ठूलो र लोकप्रिय छ । फुटबल आज विश्वभरका सबै देशहरुमा खेलिन्छ र विश्व फुटबल महासंघ (फिफा) को सदस्य राष्ट्र मात्रै २ सय ६ पुगिसके । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सदस्य राष्ट्र संख्या जम्मा १ सय ५० पुग्दैछ ।

बर्षेनी फोब्र्स पत्रिकाले गर्ने सर्वेक्षणमा खेलाडीको कमाई र धनसम्पतीमा पनि फुटबल खेलाडीहरु नै छाएका हुन्छन् । क्रिकेट खेलाडी फुटबल खेलाडीको कमाईको छेउछाउ पनि पुग्न सक्दैनन् । क्रिकेट खेलाडीको तुलनामा फुटबल खेलाडीले मनग्य आम्दानी गर्छन् ।

तर, केहि देशमा क्रिकेट खेल यती लोकप्रिय छ की त्यो देशमा फुटबल नै ओझेलमा परेको छन् । त्यसको बलियो उदाहरण छिमेकी देश भारत हो । भारतमा क्रिकेट यती लोकप्रिय छ कि त्यो देशलाई विश्व क्रिकेटको पागलहरुको देश भनेर चिनिन्छ । त्यहाँ क्रिकेटको तुलनामा फुटबलको अवस्था निकै नै नाजुक छ ।

क्रिकेटसँग सम्बन्धित सानो भन्दा सानो सुचना त्यहाँको टेलिभिजन र पत्रिकाहरुको हेडलाईन न्युज बन्ने गर्दछन् । तर, फुटबलमा दक्षिण एसियामा च्याम्पियन बन्दा पनि त्यसले खासै महत्व पाउदैन ।

अब यी दुई खेलहरुको खेल्ने तरिका तुलान गर्ने हो भने फुटबल खेल्न मात्र होइन बुझ्न पनि धेरै सहज छ । तर क्रिकेट भने खेलाडी र यस खेलसँग सम्बन्धित व्यक्ति र जुन देशमा लोकप्रिय छ त्यहाको समर्थकले मात्र बढी बुझेको पाइन्छ । फुटबल खेल्नका लागि पनि क्रिकेट भन्दा सहज छ ।

रोहित सुनार

फुटबल दिन वा रात, घाम, पानी, जाडो वा गर्मीमा खेल्न सकिन्छ । तर क्रिकेट खेललाई भने धेरै विषयले प्रत्यक्ष प्रभाव पार्दछ । क्रिकेट खेलहरु हुँदा पानी परेर खेल रोक्नु परेको खबर आइरहेका हुन्छन् । फुटबल खेल ९० मिनेटको हुन्छ भने क्रिकेट ५० ओभरको खेल सकाउदा झन्डै ६ घण्टासम्म लाग्छ । क्रिकेट पछाीि पर्नुको एउटा कारण यो पनि हो । क्रिकेटलाई यसको पिचले पनि असर गर्छ । मौसम अनुसार खेलको प्रकृति परिवर्तन हुनाले यसमा खेल्न पनि कठिन हुन्छ ।

दुई खेलको प्रतियोगिताको स्तरको बारेमा कुरा गर्दा, फुटबलमा प्राय महादेशीय प्रतियोगिता र क्षेत्रिय प्रतियोगिता हुन्छन् । तर क्रिकेटमा टेष्ट म्याच खेल्ने राष्ट्रहरुले धेरै अन्तर्राष्ट्रिय खेल खेल्छन् । क्रिकेटमा टेष्ट बाहेकका अन्य देशहरुले भने वर्ष एक वा दुइ पटक मात्र आइसिसी अन्तर्गतका प्रतियोगिता खेल्न पाउछन् । प्राय सबै देशहरुमा फुटबलको घरेलु हुन्छन् ।

क्रिकेट थोरै देशहरुमा मात्र घरेलु लिगको संरचना रहेको छ। फुटबलको तुलनामा स्तरिय लिग क्रिकेट पनि भएको पाइदैन । विश्व कपको कुरा गर्ने हो भने विश्वका हरेक देशमा हेरिन्छ । क्रिकेट को विश्वकपमा भने खेल्ने विश्वव्यापी चासो पाइदैन । फुटबल विश्व कप ३२ वटा राष्ट्रले खेल्छन भने छनोट चरणमा सबै राष्ट्रले उत्तिकै मौका पाउँछन् । तर क्रिकेटमा जम्मा १० राष्ट्रले विश्वकप खेल्दैछन् । टेष्ट खेल्ने ८ राष्ट्रको विश्व कपमा स्वतः सहभागिता हुन्छ भने बाँकी दुई स्थानका लागि छनोट चरण हुन्छन् ।

फुटबलमा फिफाले सबै राष्ट्रलाई समान अवसर दिएको छ । तर क्रिकेट भने आइसिसीले नै राष्ट्रहरुको अवस्था अनुसार सुविधा दिएको हुन्छ । नेपालमा पनि अन्य देशमा जस्तै क्रिकेट भन्दा फुटबल लोकप्रिय छ । तर, नेपालले फुटबल वा क्रिकेटमा सहभागिता जनाउँदा समर्थक खेल भन्दा देशको नामको पछाडि लाग्ने गरेका छन् ।

यो पाठक रोहित सुनारको व्यक्तिगत विचार हो। तपाईं पनि खेलसँग सम्बन्धित आफ्नो केहि बिचार [email protected]मा ईमेल गर्न सक्नुहुनेछ। 

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.