default_image

8 years ago

June 25, 2017

थलिएको दशरथ रंगशाला कहिले बन्ला ?

241 views

0 Bookmark

सुबास हुमागाईं

काठमाडौं – देशको एकमात्र अन्तर्राष्ट्रिय भनिएको दशरथ रंगशाला कहिलेबाट पुनः खेल्न लायक हुन्छ त्यसको प्रष्ट जवाफ कसैसँग छैन । रंगशालाको पूर्ननिर्माण कहिल्यै सम्पन्न हुन्छ भन्ने प्रश्नमा जिम्मेवार पदाधिकारी र प्राविधिकबाटै फरक फरक जवाफ आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्ट अबको एक बर्षमा पूर्न निर्माण पुरा हुने दाबी गर्छन् । नेपालले सन् २०१९ मा आयोजना गर्ने जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि रंगशाला पूर्ननिर्माण सक्नुपर्ने भएकाले विष्टले एक बर्षमा सक्ने दाबी गरेका हुन् ।

तर राखेप कै पूर्वाधार निर्माण शाखा प्रमुख अरुण उपाध्यायको भनाई मान्ने हो भने पूर्न निर्माणका लागि अझै कम्ति डेढदेखि दुई बर्ष सम्म लाग्न छ । अहिले पूर्न निर्माणको सुस्त गतिलाई हेर्ने हो भने उपाध्यायको भनाईमा पनि शंका गर्ने ठाँउ पर्याप्त छ ।

दिनौं सयौं खेलाडीले अभ्यास गर्ने, नेपाली फुटबलको मेरुदण्ड मानिएको सहिद स्मारक लिग सञ्चालन तथा समय समयमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने रंगशाला थलिएको निकै भैसक्यो । यसै पनि जिर्ण बन्दै गएको रंगशालालाई २०७२ वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले झन् थला पारेको थियो । अब फेरी खेल्न लायक रंगशाला कहिले तयार हुन्छ भन्ने सबैभन्दा बढी चासो खेलाडीलाई भएपनि उनीहरुको आवाज मलिनो छ ।

त्यसो त, रंगशालाको पूर्न निर्माणको काम भूकम्प अगाडि नै सुरु भएको थियो । त्यति बेला पूर्न निर्माणका लागि लागि भन्दै साढे ७ करोड रुपैयाँ छुट्टाइएको थियो ।

२०७१ सालमा ‘ए’ डिभिजन लिग सकिए लगत्तैबाट पूर्ननिर्माणको काम सुरु भएको थियो । जसमा रेट्रोफिटिङ (पिलरलाई थप बलियो विधि) र साधारण प्यारापिटमा प्लास्टिकको सिट हालिएको थियो । पूर्न निर्माणको काम चलेकै कारण २०७१ को चैतमा नेपाल र भारबीच फिफा विश्व कप २०१८ को छनोट खेल हुँदा साधारण प्यारापिटको मध्यभाग खाली राखेर भीआइपी प्यारापिट र जमिनको सतहमा रहेको उत्तरतर्फको प्यारापिटमा दर्शकलाई राख्ने व्यवस्था गरिएको थियो ।

विश्वकप छनोट खेलका दौरान खेल हेर्ने दर्शक

२०७२ को वैशाखमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू १४ गल्र्स रिजनल च्याम्पियनसिप ( साउथ एण्ड सेन्ट्रल जोन) आयोजनाको जिम्मा लियो । उमेर समूहको प्रतियोगिता भएकोले दर्शकको चाप कम हुने भन्दै राखेपले एन्फालाई आयोजनाको स्वीकृति दिएको थियो । तर, त्यो प्रतियोगिताको पूर्व निर्धारित फाइनलको मिति वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । तेश्रो स्थानको खेलका लागि वार्म अप सुरु हुनै लाग्दाको समयमा भूकम्प गएको थियो । ठूलो जनधनको क्षेति पूर्याएको भूकम्पको असरले रंगशालामा पनि पार्यो । त्यसयता रंगशालामा ए डिभिजन लिग वा कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन ।

भूकम्प गएको दिन रंगशालाको अवस्था

३ बर्षयता रंगशालामा पूर्न निर्माणका लागि ४ करोड ८८ लाख रुपैयाँ खर्च भइसक्दा कुनै फरक अनुभव हुन सकेको छैन । न त रंगशाला खेल्न लायक नै बनेको छ । केहि समययता रंगशालाको साधारण प्यारापिटमा छत हाल्ने काम सुरु भएको छ । छत हाल्ने कामको गति पनि निकै सुस्त छ । छत हाल्नका लागि त्यहिाँ पहिला राखिएको प्लास्टिका सिट भने हटाइएको छ ।

झन्डै पाँच करोड खर्च भइसक्दा पनि रंगशालामा छतका लागि फलामका पोल ठड्याउने बाहेक देखिने गरि काम भएको छैन । तर, पूर्वाधार निर्माण शाखा प्रमुख उपाध्यायका अनुसार रंगशालामा पूर्न निर्माणका लागि मात्र ४८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गर्छन् ।

पूर्ननिर्माण योजनामा भिआइपी प्यारापिटको छत भत्काउने, साधारण प्याराफिटको तल्लो भित्ता र पहिलो २ पंक्ति भत्काएर पूर्न बनाउने, रेट्रोफिटिङको काम पुरा गर्ने, प्यारापिटमा छानो हाल्ने र ड्रेसिङ रुमलाई भिआइपी प्याराफिटको तल सार्ने कामलगायत रहेको बताइएको छ । त्यो ४८ करोड भित्र जिर्ण अवस्थामा रहेको सेन्थेटिक ट्रयाक फेर्ने रकम पर्दैन ।

भिआइपितर्फ छत भत्काउनका लागि मात्र पनि राखेपले निकै ढिला गरि प्रक्रिया अघि बढाएको थियो । राखेप पुनः छत भत्काउने टेन्डर (बोलपत्र) आव्हान गर्ने तयारीमा रहेको सदस्य सचिव विष्टले बताए । पहिलो पटक अव्हान टेन्डर हाल्ने दुवै कम्पनी अयोग्य भएपछि पुनः टेन्डर आव्हान गर्न लागिएको बताइएको छ ।

झन्डै चार दशक अघि निर्माण सम्पन्न भएको रंगशाला त्यसयता दुई पटक पुर्ननिर्माण गरिएको थियो । १९९९ मा नेपाल आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) को लागि रंगशाला पूर्न निर्माण गरिएको थियो भने त्यसपछि २०११ मा एएफसी च्यालेन्ज कपका लागि पूर्न निर्माणका केही काम भएका थिए ।

रंगशालाको ताजा अवस्थाबारे एभिन्युज टेलिभजनले तयार पारेको रिपोर्ट:

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.