default_image

8 years ago

July 1, 2017

वेस्ट इन्डिजविरुद्ध भारतको अग्रता

172 views

0 Bookmark

एन्टिगुवा (एजेन्सी)– भारतले वेस्ट इन्डिजविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा २–० को अग्रता लिएको छ । तेस्रो एक दिवसिय खेलमा शुक्रबार भारतले घरेलु टोलीलाई ९३ रनले हराएको थियो ।

भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी ब्याटिङ गर्दै (दायाँ) ।

अर्धशतक बनाएका पूर्व कप्तान महेन्द्र सिंह म्यान अफ दी म्याच भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ सय ५१ रनको मध्यम स्कोर खडका गरेको थियो । जवाफमा वेस्ट इन्डिजले ३८.१ ओभरमा अलआउट हुँदै १ सयय ५८ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजलाई लक्ष्यमा पुग्न नदिन भारतीय बलर कुलदिप यादव र रविचन्द्रन आश्विनले समान ३ विकेट लिए । त्यस्तै हार्दिक पाण्डेयले २ तथा उमेश यादव र केदार जादवले समान १ विकेट लिए । आश्विनले १० ओभरमा १ मेडन राख्दै २८ रन खर्चेका थिए ।

घरेलु टोलीका लागि जासन मोहमम्दले सर्वाधिक ४०, रोभमान पावेलले ३०, साइ होपले २४ तथा कायल होपले १९ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो आँकडामा रन बनाउन सकेनन् ।

त्यसअघि वेस्ट इन्डिजले टस जितेर भारतलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । भारत ३४ रन जोड्दा दुई महत्वपूर्ण विकेट गुमाइसकेको थियो । जसमा ओपनर शिखर धवन २ र कप्तान विराट कोहली ११ रन बनाएर आउट भएका थिए । अर्का ओपनर अन्जिके रहानेलाई युवराज सिंह र पूर्व कप्तान धोनीले राम्रो साथ दिएपछि भारतले मध्यम स्कोर खडा गर्न सकेको थियो ।

युवराजले ३९ रन बनाए । अघिल्लो खेलमा शतक बनाएका रहानले अर्धशतक पुरा गरे । उनले १ सय १२ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा ७२ रन जोडे । धोनी ७८ र केदार ४० रनमा अविजित रहे । ७९ बल खेलेका धोनीले ४ चौका र २ छक्का प्रहार गरेका थिए । केदाले २६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

यी दुईबीचको पहिलो खेल बर्षाका कारण अनिर्णित भएको थियो भने दोस्रो खेलमा भारत १ सय ५ रनले विजयी भएको थियो । चौथो एक दिवसिय आइतबार हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.