default_image

8 years ago

July 1, 2017

नवयुग सहित आठ खेलाडी सम्मानित

148 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले विभिन्न आठ खेलका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । ट्रष्टले यसअघि पाँच विकास क्षेत्रबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गरी पुरस्कृत गर्ने गरेकोमा यसपटकबाट तीन विधा थप गरि आठ विधामा पुरस्कृत गरेको हो ।

ट्रष्टले शहिद दशरथ चन्दको १ सय १५ औं जन्म जयन्तीको अवसर पारेर पाँच विकास क्षेत्रका पाँख खेलाडी, दुई पारा खेलाडी र एक खेलाडीलाई मरणोपरान्त जनही १० हजार १ रुपैयासहित शनिबार सम्मानित गरेको हो ।

सम्मानित हुनेमा पूर्वाञ्चलबाट फुटबलका नवयुग श्रेष्ठ, मध्यमाञ्चलबाट भलिबलकी प्रतिभा माली, पश्चिमाञ्चलबाट एथ्लेटिक्सकी विपना परियार, मध्यपश्चिमाञ्चलबाट क्रिकेटकी नेरी थापा र सुदुरपश्चिमाञ्चलबाट तेक्वान्दोकी निशा रावल सम्मानित भएका हुन् । यस्तै पारातर्फ पारा तेक्वान्दोकी सीता भण्डारी र एथ्लेटिक्स र क्रिकेटका विक्रमबहामदुर राना सम्मानित भए । चुनावमा सरिक हुन् गृहजिल्ला पुगेका नवयुग समारोह उपस्थित रहेका थिएनन्।

आरोहणका क्रममा दुईहप्ता अघि हिमाल आरोहणका क्रममा निधन भएका सञ्जय पण्डितलाई मरणोपरान्त पुरस्कृत गरिएको हो । पुरस्कृत खेलाडीहरुलाई पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राखेपका सदस्य–सचिव केशव कुमार विष्ट र शहिद दशरथ चन्द मेमोरियल ट्रष्टका संस्थापक अध्यक्ष कर्णबहादुर चन्दले पुरस्कृत गरे ।

यस्तै ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्दले सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रत्नराज बज्राचार्यले ट्रष्टको लागि वार्षिक ५० हजार सहयोग गरिएको जानकारी गराए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.