8 years ago
July 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू २३ च्याम्पियनसिप छनोटमा नेपाली युवा टोलीको सुरुआत निकै कमजोर ढंगले भएको छ । आयोजक यूएईसँगको पहिलो खेलको पहिलो हाफमै नेपाली टोली ४–० ले पछाडि परेको छ ।
चर्को गर्मीीकाबीच नेपाली समय अनुसार राती ८ः१० मा सुरु भएको खेलमा नेपाल पहिलो हाफको कुनै पनि समय सम्हालिन सकेन र एक पछि अर्को गोलको सामना गर्न बाध्य भयो । ३३ मिनेट भित्र नै नेपाली टोलीले ४ गोल खाइसकेको थियो । पहिलो गोल टोलीले आठौं मिनेटमा खायो ।
अहमद हुसेनले आठौं र उनले नै दोस्रो गोल २० मिनेटमा गरेका थिए । खालिदको क्रममा मोहम्मद अलकबेरीले २३ औं मिनेटमा हेड गोल गर्दै नेपाली टोलीमाथि दबाब थपे । ३३ औं मिनेटमा यूएइले पेनाल्टीमा अर्को गोल थपेको थियो । पेनाल्टी बक्समा दिनेश राजवंशीले ह्यान्ड गरेपछि युएईले पेनाल्टी पाएको थियो । खलिद अब्दुल रहिमले पेनाल्टीमा गोल गर्दै गोलअन्तरलाई बढाएका थिए ।
पहिलो खेलको पहिलो हाफमै फराकिलो अन्तरले पछि परेको नेपाली टोलीले सोमबार उज्वेकिस्तान र बुधबार लेबनानको सामना गर्नुपर्नेछ ।
दोश्रो हाफको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको फेसबुक पेज र यहाँ हेर्न सकिनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]