default_image

8 years ago

July 19, 2017

पल्सर स्पोर्टस अवार्ड भदौ अन्तिम साता हुने

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७३ भदौको अन्तिम साता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च स्थापनाको २२ औं बर्ष पुरा हुने दिन भदौ २७ को अघिल्लो दिन भदौ २६ गते अवार्ड कार्यक्रम गरिने मञ्चले बुधबार होटल रोयल सिङ्गीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ । मञ्च २०५२ सालमा स्थापना भएको थियो ।

विभिन्न आठ विधामा दिइने अवार्डलाई हंसराज हुलास चन्द एन्ड कम्पनीले मुख्य प्रायोजन गर्दै आएको छ । गत वर्ष खेलक्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेलअधिकारी वा संस्थालाई सम्मानित गर्ने थलोका रुपमा पल्सर स्पोर्टस अवार्ड चिनिदै आएको छ ।

विगतका बर्षहरुमा जस्तै यस वर्षको पल्सर स्पोर्टस अवार्डमा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलेटिक, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले बताएका छन् ।

यो वर्ष पहिलो पटक चार विधाका विजेताले पल्सरको मोटरसाइकल प्राप्त गर्ने बताइएको छ । यसअघि उत्कृष्ट पुरुष र महिला खेलाडी, पिपल्स च्वाइस अवार्ड विजेताले मोटरसाइकल पाउँदै आएका थिए । यो वर्ष अर्को एक विधाका विजेतालाई पनि मोटरसाइकल दिइने र त्यसका विषयमा पछि जानकारी गराइने मञ्चले बतायो । अन्य ४ विधाका विजेताले अवार्ड, ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

अवार्ड २०७३ सफल पार्न मञ्चका अध्यक्ष महेश आचार्यको संयोजकत्वमा मूल समारोह समितिका साथै विभिन्न उपसमितिहरु समेत गठन गरिएको मञ्चले जनाएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा विभिन्न विधाका मनोनयनमा पर्ने खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने बताएको छ ।

२०६० सालदेखि आयोजना भएको स्पोर्टस अवार्डको यो १४ औं संस्करण हो । विनाशकारी भूकम्पकका कारण २०७२ मा भने मञ्चले अवार्ड आयोजना गरेन ।

अघिल्लो वर्ष उत्कृष्ट पुरुष खेलाडी फुटबलका नवयुग श्रेष्ठ, उत्कृष्ट महिला खेलाडी जुडोकी फुपुल्हामु खत्री, उत्कृष्ट युवा खेलाडी फुटबलका अञ्जन विष्ट, वर्षका प्रशिक्षक फुटबलका बालगोपाल महर्जन, पिपल्स च्वाइस अवार्ड विजेता टेबलटेनिसकी नविता श्रेष्ठ, पारा एथलिट तेक्वान्दोकी सीता भण्डारी र लाइफटाइम एचिभमेन्ट अवार्ड फुटबलका श्रीराम रन्जितकार, स्पेशल अवार्ड स्व. ललितकृष्ण श्रेष्ठ (मरणोपरान्त) ले पाएका थिए । टिम अफ दी इयरको उपाधि नेपाल फुटबल टिमलाई प्रदान गरिएको थियो ।

घोषणा कार्यक्रममा बोल्दै मञ्चका निवर्तमान अध्यक्ष अजय फुयालले यस अवार्डलाई सम्माननिय राष्ट्रपति आफैंले राष्ट्रिय अवार्डको मान्यता दिएको बताए। ‘हाम्रो कार्यक्रमलाई खेलका पदाधिकारीदेखि खेलाडीसम्मले पछ्याएको त सर्वविदितै छ। यसबाहेक समर्थकहरुमाझ पनि हाम्रो कार्यक्रम निरन्तर रुपमा लोकप्रिय हुँदै गइरहेको छ।’

हंसराज एण्ड हुलासचन्दका प्रबन्ध निर्देशक तथा नेपाल उधोग वाणिज्य महासँघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यस अवार्डलाई व्यवसायिक रुपमा मात्र नभएर खेलकुदको प्रवर्धनका लागि पनि रहेको बताए। ‘हामी नेपालको खेलकुद क्षेत्र मात्र नभएर समग्र राष्ट्रकै लोकप्रिय अवार्ड समारोहसँग निरन्तर साथमा छौं। र आउने वर्षहरुमा पनि यस कार्यक्रमलाई सधैं प्रायोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’ उनले वर्ष २०७३मा खेलकुदले निकै सफलता पाएको बारे चर्चा गरे। गोल्छाले अवार्डका लागि नगद र जिन्सी गरेर १८ लाख ९० हजार रुपैंया बराबरको प्रायोजन रहेको बताए। हंसराजले प्रायोजनमा मञ्चलाई ४ वटा मोटरसाइकल प्रदान गर्नेछ।

मञ्चका अध्यक्ष महेश आचार्यले विगतझैं यस वर्ष पनि अवार्ड समारेह भव्य हुने बताए। ‘सदाझैं यस वर्षको अवार्ड समारोह भव्यताका साथ सम्पन्न गर्न तयारी गरेका छौं। सबैलाई सहयोग गर्न आव्हान गर्दछु।’

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.