8 years ago
July 24, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको भलिबल विकासमा मद्दत पुर्याउन नेदरल्यान्ड्स भलिबल संघले दीर्घकालिन रुपमा सहयोग गर्ने सहमति गरेको छ । नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र सोमबार मात्र काठमाडौं आइपुगेका नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक म्याट भान तरेलले दीर्घकालिन सहयोगसहित पाँच बुँदे सम्झौत पत्रमा हस्ताक्षर गरेका छन् ।
तरेलसँगै नेपाली पुरुष भलिबल टोली र पाँच विद्यालयका खेलाडीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्का प्रशिक्षक म्याट भन विजल पनि राजधानी आइपुगेका हुन्। सोमबार साझ आयोजित कार्यक्रममा भलिबलका पदाधिकारीले तरेल र विजलको स्वागत गरेका थिए। सम्झौतामा नेदरल्यान्ड्स भलिबल संघको सहयोगमा सन् २०१९ मा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरेर राष्ट्रिय टोलीलाई पटक पटक लाई प्रशिक्षण दिन प्रशिक्षक उपलब्ध गराउने उल्लेख छ।
बल र नेटलगायतका सामग्री उपलब्ध गराउने, भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने, दुवै राष्ट्रका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि पहल गर्ने र नेपाली प्रशिक्षकलाई तालिम दिने बुँदा उल्लेख रहेको संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।
सम्झौतापछि तरेलले नेपालको भलिबल विकासका लागि तीन बर्षे योजना बनाउन आफुहरुले सहयोग गरेको बताए। ‘खेलकुद विकासको मुख्य मेरुदण्ड विद्यालय हुन्। ती विद्यालयमा प्रशिक्षण दिने प्रशिक्षक तयार गर्नु पनि त्यत्तिकै जरुरी छ’ उनले भने, ‘अहिले पाँच विद्यालयबाट हामीले प्रशिक्षण सुरु गर्दैछौं। आउने बर्ष अझै बढाउँदै लगिने छ।’
सरकारले नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेकोमा खुसी व्यक्त गर्दै तरेलले भने, ‘खेलको विकास र नियमित प्रशिक्षणका लागि हरेक समयमा अभ्यास गर्नका लागि कम्तीमा एउटा कर्भड हल आवश्यक पर्दछ। राष्ट्रिय भलिबल टोलीको स्तर बृद्धिमा सघाउनु पनि हाम्रो अर्को उद्देश्य हो।’ नेदरल्यान्डका प्रशिक्षक म्याट भान विजल एक महिना लामो बसाईमा पुरुष भलिबल टोलीसहित पाँच विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिने बताइएको छ। उनले नेपाली भलिबलको सुखद भविष्यका लागि सहयोगी भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको बताए।
संघका अध्यक्ष शर्माले नेपाली भलिबलले एकपछि अर्को सिढी चढ्दै गरेको उल्लेख गर्दै भलिबलमा सरकारले लगानी बढाउनु पर्नेमा जोड दिए। उनले सञ्चारकर्मीलाई आग्रह गर्दै भने, ‘सरकारले राष्ट्रिय खेल घोषणा गर्यो। तर अब बजेटका लागि तपाईहरुले आवाज उठाई दिनुपर्यो। हामी त भलिबल विकास गर्नका लागि भने आएकै हौं त्यसमा लाग्छौं नै।’
विजलले एक महिना प्रशिक्षण दिएपछि नेपाली टोलीले भदौंको १३ र १४ गते काठमाडौंमा बंगलादेशको भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]