8 years ago
July 27, 2017
काठमाडौँ (हाम्रो खेलकुद)– कुनै पनि देशको फुटबल विकासमा लिग मेरुदण्ड मानिन्छ । तर, नेपाली फुटबलको त्यहि मेरुदण्ड नै कमजोर रहेपछि विकासको आशा गर्ने ठाँउ पनि त्यतिकै कम रहन्छ । छ दशक लामो इतिहास रहेको नेपालको सहिद स्मारक ए डिभिजन लिग नभएको तीन बर्ष नाघिसक्यो । लिग नहुँदा त्यसको सबैभन्दा ठूलो मार खेलाडीमा पर्नेनै भयो । नेपालमा केही वर्ष लिग निरन्तर आयोजना हुँदा झन्डै ४ सयको हाराहारीमा खेलाडी फुटबलमा सक्रिय हुन्थ्यो । फुटबल जोडिएका प्राविधिक जनशक्ति पनि क्रियाशिल रहन्थ्यो । तर, यति बेला नेपालको फुटबलको अवस्था दुःख लाग्दो अवस्थामा पुगेको छ ।
मोफसलका हुने प्रतियोगिताको भरमा नेपाली फुटबल थोरै भएपनि चलायमान देखिन्छ । तर, स्थानीय निकायको चुनाव र वर्षाको मौसम सुरु भएपनि अहिले सिनियर फुटबल प्रतियोगिता लगभग ठप्प जस्तै छ । यो बर्ष नै लिग आयोजना गर्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार सुरु भएको बैठकबाट निर्णय गर्ला भन्ने अनुमान गरिएको थियो । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले यो बैठकको मुख्य एजेन्डा मध्ये लिग रहेको बताएका थिए । तर बुधबार बैठक नटुंगिएपछि बिहीबार जारी रहने भनेको बैठक सुरु हुन सकेन र अर्को सुचना नभएसम्मका लागि भन्दै स्थगित भएको छ । यो सुचनाको अर्थ अर्को सुचना नभएसम्म लिगको विषय पनि अब अनिश्चित बनेको छ ।
नेपालको फुटबल इतिहासमा लिग फुटबल पटक पटक रोकिएको छ । २०४६ यता २८ वर्षमा जम्मा १३ पटक लिगमा आयोजना हुनुले पनि नेपाली फुटबल कति अनिश्चित र अस्थिर छ भन्ने प्रमाणित गर्दछ । पछिल्लो पटक २०७० सालमा भएको ‘ए’ डिभिजन लिगको उपाधि लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । त्यसयता २०७२ मा एन्फाले प्रयोगात्मक रुपमा राष्ट्रिय लिग आयोजना गर्यो । अहिले त्यो लिग पनि अस्तित्वमा छैन । राष्ट्रिय लिगमा सहभागी भएका मोफसलका ४ नयाँ क्लबले भने त्यहि हैसियतले एन्फामा आयोजना केही प्रतियोगितामा भाग लिएका थिए ।
एन्फाले गत वर्षको ‘सी’ डिभिजन लिगको छनोट देखि ‘सी’ र ‘बी’ डिभिजन लिगको सफल आयोजना गर्यो । दशरथ रंगशाला उपलब्ध नहुँदापनि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र हलचोकस्थित सशस्त्र प्रहरी बलको एपीएफ रंगशालामा लिगका खेलहरु आयोजना गरियो । तर, अहिले पछिल्लो पटक कहिले रुस्लान थ्री स्टार क्लबसँगको विवाद त कहिले स्थानीय चुनावको बहाना देखाउँदै एन्फाले पटक पटक मिति तोक्दै ‘ए’ डिभिजन लिगलाई स्थगित गर्दै आएको छ।
एक समय खेलको तालिकासम्म सार्वजनिक गरिसकेको एन्फाले अहिलेको समयमा लिग हुन्छ वा हुँदैन भन्ने निर्णय नै लिन नसक्नुले देशमा फुटबलको भविष्य कति अन्यौल छ भन्ने दर्शाउँछ । लिगको अभावमा खेलाडीहरु विदेश पलायन भएको उदेकलाग्दो दृश्य त छँदै छ, नेपालमै रहेर फुटबलमा भविष्य खोज्नेहरु भने दिन प्रतिदिन निराश हुँदै गइरहेका छन् । लिग फुटबल नहुँदापनि एन्फाले महिला फुटबल, युवा फुटबल केही प्रतियोगिता भने आयोजना गर्दै आएको छ ।
बुधबार एन्फा बैठकमा फुटबल खेलाडी संघका अध्यक्ष उपेन्द्रमान सिंहले लिग नहुनु विकराल अवस्थाको चर्चा गरेका थिए । उनले फुटबल ठप्प हुँदा खेलाडी र फुटबल संघ जोडिएका सबै बेरोजगार जस्तै भएकोमा चिन्ता व्यक्त गरेको छ । तर, एन्फा भने लिग जस्तो महत्वपूर्ण प्रतियोगितालाई आयोजना गर्नबाट चुकिरहेको छ । अहिलेको एन्फा भित्रको देखिएको गुटबन्दी र अन्य कारणले पनि यो बर्ष लिग हुनेमा बलियो शंका उब्जेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]