default_image

8 years ago

August 8, 2017

पदक विजेता खेलाडीलाई मन्त्री क्वार्टरमा स्वागत

175 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले खेलाडीको प्रतिभा मर्न नदिने बताएका छन् । हरिहर भवनस्थित निवासमा मंंगलबार दक्षिण एसियाली खेलकुद (साग) तथा एसियाली खेलकुदका पदक विजेताको सम्मानमा आफैले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री केसीले खेलाडीको यस्तो उद्घोष गरेका हुन् ।

उनले खेलकुदमा राजनीति हुन नदिने प्रतिबद्धता जनाउदै भने, ‘खेलकुदमा धेरै राजनीति हुन्छ भनेको सुनेको छु । म त्यो हुन दिन्न । तपाईं खेलाडीहरु कडा परिश्रम र मेहनतबाट यो अवस्थामा आइपुग्नु भएको छ । तपार्ईंहरुको हौसला र उर्जालाई विभेद, अन्याय र राजनीतिका कारण कुनै पनि हालतमा मर्न दिन्न।’

उनले १३ औं साग आयोजनाको मुख्य चुनौती पूर्वाधार भएको बताउदै खेलकुदका पूर्वाधार भएका अन्य निकायसंग पनि जानकारी लिइरहेको बताए । ‘१३ औं सागको तयारीका लागि धेरै समय छैन । यसको मुख्य चुनौती पूर्वाधार नै हो । त्यसै त हामीसंग कम पूर्वाधार छन्,’ खेलाडीलाई सम्बोधन गर्दै मन्त्री केसीले भने ‘भएका पूर्वाधार पनि भूकम्पले क्षति पु¥याएको छ । पूर्वाधारका सम्बन्धमा सुरक्षा निकायमा रहेका खेलकुदका पूर्वाधारका बारेमा पनि जानकारी लिने प्रयासमा छु । पोखरालाई पनि ध्यानमा राखिएको छ ।’

आफू कोंग्रेस भएपनि पार्टीलाई सहयोग गर्न नभइ समग्र खेलकुदको विकास र खेलाडीको हितमा काम गर्न आएको बताउँदै मन्त्री केसीले आफ्नो कारणले खेलाडीको शिर झुक्न नदिने प्रतिवद्धता व्यक्त गरे । उनले खेलाडीको वृत्ति विकास र सम्मान कसरी हुन सक्छ त्यसमा विषयमा सकारात्मक सुझाव दिन पनि खेलाडीलाई अग्राह गरे ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सीमित वातावरणमा पनि खेलाडीहरुले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई चिनाउने काम गरिरहेको बताउदै राष्ट्रलाई चिनाउने धेरै क्षेत्र मध्ये खेलकुद अग्रपंक्तिमा रहेको धारणा व्यक्त गरे । उनले कार्यक्रममा सिनियर खेलाडी भेट्न पाउदा अत्यन्तै खुशी लागेको बताउदै उचित वातावरण पाउने हो भने नेपाली खेलाडीसंग ठूलो फ्डको मार्ने क्षमता भएको बताए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सम्भवतः इतिहासमै पहिलो पटक विभागीय मन्त्रीले खेलाडीलाई स्वयं भेट्न बोलाएकोमा आभार प्रकट गर्दै यसले खेलाडीको दर्जा माथि छ भन्ने संकेत गरेको बताए । उनले खेलाडीले हासिल गरेको पदकको वर्गिकरण गरी शिक्षा, स्वास्थ्य, यातातमा सामाजिक सुरक्षाको व्यवस्था हुनु पर्ने माग राख्दै खेल र खेलाडीलाई प्राथमिकतामा राखेर काम गर्न मन्त्री केसीलाई आग्रह गरे ।

सागका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरले १३ औं सागलाई सफलतापूर्वक सम्पन्न गर्न चाँडो भन्दो चाँडो पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिदै विभागीय मन्त्रीले भेट्न बोलाउदा गौरव महसुस भएको बताए । नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले आठौं सागमा नेपालले हासिल गरेको सफलतालाई दोहो¥याने हिसाबले १३ औं सागको तयारी थाल्नु पर्ने आवश्यकता औलाए ।

खेलाडी संघका पूर्व अध्यक्ष एवं सागका कीर्तिमानी चार स्वर्ण विजेता तेक्वान्दोका दीपक विष्टले खेलाडी सुविधा कार्यविधीमा समावेश गरिएको खेलाडीको सुविधाका विषयमा जानकारी गराउदै कार्यविधिलाई क्याबिनेटबाट पारित गराइदिन आग्रह गरे । मन्तव्य सकाउनसाथ उनले कार्यविधि मन्त्री केसीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रम नयाँदेखि पुराना पुस्ताका पदक विजेता खेलाडीलगायतको उपस्थिति रहेको थियो । उनीहरुलाई मन्त्री केसी र बस्नेतले खादा र टीका लगाइ स्वागत गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.