8 years ago
August 10, 2017
काठमाडौँ (हाम्रो खेलकुद ) – नेपाली करातेका सफल खेलाडी दक्षिण एसियाली खेलकुद (साग) का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ कराते कोचेज तथा म्यानेजमेन्ट सेमिनारमा सहभागी हुन बिहीबार क्यानाडाको ओटावा प्रस्थान गरेका छन् ।

सेमिनार अगष्ट १८ देखि २२ तारिखसम्म सञ्चालन हुनेछ । क्यानाडाको सेमिनारपछि नेप्लिज स्पोर्ट्स एन्ड कल्चरल डेभलोप्मेन्ट कमिटीले आयोजना गर्ने अन्तरक्रियामा सहभागी हुन श्रेष्ठ अमेरिकाको न्युयोर्क जाने छन् । अन्तरक्रियामा नेपाली खेलकुदको विकासका विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै नेपालका लागि दक्षिण एसियाली खेलकुद (साग) मा लगातार ४ स्वर्ण र एसियाली खेलकुदमा २ कास्य पदक जितेका तेक्वान्दोका दीपक बिष्ट इन्टरनेसनल नेप्लिज तेक्वान्दो एसोसिएसन (आइएनटिए) को निमन्त्रणामा शुक्रबार अमेरिका जाँदैछन् । अगस्ट १४ मा पोर्टल्यान्टमा हुने आइएनटिएको बैठकमा बिष्ट सहभागी हुनेछन् ।
ओलम्पियन विधान लामा अध्यक्ष रहेको आइएनटिएमा एसियन खेलकुदकी रजत पदक विजेता सविता राजभण्डारी, किशोर श्रेष्ठ, नारायण गुरुङ, रेणुका थापा मगर, निर्मल श्रेष्ठ, निरञ्जन श्रेष्ठ, कमल क्षेत्री लगायत छन् । नेपालमा एभरेष्ट तेक्वान्दो गर्न सबैभन्दा मुख्य भूमिका आइएनटिएले नै गरेको थियो । त्यसपछि बिष्ट पनि श्रेष्ठसँगै न्युयोर्कको कार्यक्रममा सहभागी हुनेछन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार बिष्टले दुवैलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिदाइ गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]