10 years ago
November 29, 2015
करिब १ महिना मात्र बाँकी भएको साफ च्याम्पियनशिप नेपाली फुटबल समर्थकहरुलाई कुनै चाड भन्दा कम हैन । फिक्सिङ प्रक्ररण, अध्यक्षको प्रतिबन्ध लगायात धेरै दुखाइ बोकेको नेपाली फुटबललाइ साफको उपाधि सबै बिर्सने आधार हुनेछ।
प्रतिष्ठा बोकेको सुजुकी साफ कपमा यी ५ नेपाली खेलाडीहरुको भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ :
१. अनन्त तामांग : सागर थापा र सन्दिप राइको अनुपस्थितिमा छरितो रोजाईका डिफेन्डर अनन्तमाथी टोलिको आशा अवस्य उच्च हुनेछ । राष्ट्रिय टोली सँग निकै समय देखी प्रशिक्षण गर्दै गरेका अनन्तमा सिनियर टोलीसंगको अनुभव कम भए पनि यु १९ साफ टोलिलाइ उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका अनन्तबाट भारतमा हुने साफमा पनि उतिकै भूमिका को आशा गर्न सकिन्छ ।
२. रोहित चन्द : इन्डोनेसियाको लिगमा निखारिएर आएका बहुप्रतिभाशाली रोहित आउने साफमा नेपालको लागि बहुमूल्य खेलाडी हुनेछन । सेन्टर डिफेन्स र मिडफिल्ड दुबैमा उतिकै प्रभावकारी देखिने रोहित , अघिल्लो समय को साफ लाई भुलाउदै नेपाल को लागी उल्लेखनीय प्रदर्शन गर्न अवस्य पनि आतुर हुनेछन ।
होल्डिङ मिडफिल्डमा खेलाए रोहितको जिम्मेवारी मा भार बड्ने छ । सागर र सन्दिप को ठाउँमा खेल्ने डिफेन्डरलाई होल्डिङ मिडको महत्त्वपूर्ण समर्थन चाइने भएकाले पनि सम्पूर्ण टिमको मेरुदण्डको रुपमा रोहित उपस्थिति हुनेछन ।
३. जगजित श्रेष्ठ : नेपाली मेस्सीको रुपमा चिनिने जगजितको राष्ट्रिय लिगको फर्म साफमा निकै आवश्यक हुनेछ । फ्री किक विशेषज्ञ जगजित आक्रामक मिडफिल्ड वा विङ्गरको रुपमा खेल्ने छन । गत साफमा चोटका कारण आफ्नो प्रदर्शन झल्काउन नसकेका जगजित नेपाली आक्रमणको प्रभावशाली रत्न रहनेछन ।
४. बिमल घर्ती मगर : छोटो समयमा निकै नाम कमाएका बिमलले आफ्नो प्रतिष्ठा जोगाइ राख्न साफमा नेपाललाइ धेरै दिनु पर्ने हुनेछ । बेल्जियम , नेदरल्यान्डस लगायतका देशमा प्रशिक्षण गरेका बिमलले राष्ट्रिय टोलीमा भने आफुलाई साबित गर्न बाकी छ । जुमानु राइ, सन्तोस सहुखाल लगयातको अनुभवको अभावमा बिमलले नेपालको गोलभर सम्हाल्नु पर्ने छ । यु १९ टोलिका कप्तान बिमल घर्ती मगरले धेरै प्रशंसकको आशा बोकेका छन्, त्यस आशा अनुरुप उनले प्रदर्शन गर्नु पर्ने हुन्छ ।
५.किरण चेम्जोङ : राष्ट्रिय लिगका उत्कृष्ट गोल रक्षक किरण गोल पोस्टको रक्षा गर्नु को साथ साथै कप्तानी को दावेदार पनि हुन । उनको प्रदर्शनमा नेपाल निर्भर रहने छ । बिगत केहि समय देखी नेपालका १ नम्बर रोजाइका गोल्रक्षाक किरणमा अनुभव सँग आत्मबिश्वासको पनि कमी रहने छैन ।
तपाइको विचार मा साफमा नेपाल को उत्कृष्ट खेलाडी को हुने छन् ?
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]