8 years ago
August 29, 2017
काठमाडौं (हाम्रो खेलकुद) – लायन्स सेन्टिनियल ओपन हेरिटेज साइकल राइड अर्काे साता हुने भएको छ । लायन्स क्लब इन्टरनेसनल ३२५ ए वान अन्र्तगतका विभिन्न ५२ वटा क्लबहरुको आयोजनामा लायन्स सेन्टिनियल ओपन हेरिटेज साइकल यात्राको आयोजना गरिएको कार्यक्रम संयोजक किशोर भट्टराईले जानकारी गराए ।

‘हाम्रो सम्पदा हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ भदौं २० गते मंगलबार हुने साइकल यात्रामा करिव १५ सय साइकल यात्रीले सहभागिता जनाउने आयोजकले बताएको छ । जसका लागि विभिन्न साइक्लिङ ग्रुपसँग सहकार्य भैरहेको आयोजकले जनाएको छ ।
यस्ता खालका कार्यक्रमले भूकम्पले क्षति पु¥याएको हाम्रो समाजको पौराणिक तथा धार्मिक संस्था एवम् पुरातात्विक मठ मन्दिरको जगेर्ना गर्न तथा पूर्ननिर्माण प्रक्रियामा लैजान र यसको संरक्षण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
३० किलोमिटरको साइकल यात्रा भृकुटीमण्डपबाट शुरु भएर बसन्तपुर, स्वयम्भु, शोभा भगवती, दरबार मार्ग, भाटभटेनी, कालोपुल, चावाहिल, बौद्ध, गौरीघाट, पशुपतिनाथ, गौशला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, शंखमुल, मंगलबजार, पुल्चोक, कुपन्डोल, थापाथली, माइतीघर, सिंहदरवार हुदै भृकुटीमण्डपमा टुंगिनेछ ।
प्रतियोगितालाई एनआइसी एसिया बैंकले मुख्य प्रायोजन गरेको छ । यस्तै स्पोन्सर इनर्जी ड्रिङ्स, टर्किस एयर लाइन्सले प्रायोजन गरेको छ । कार्यक्रम समापन गर्न करिव ६ लाख ४० हजार खर्च हुने अनुमान आयोजकले गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]