8 years ago
September 5, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अनिल गुरुङ अहिले राष्ट्रिय फुटबल टोलीमा छैनन् । यद्दपी उनले एएफसी एसियन कप छनोटमा ताजकिस्तानसँग आज हुने खेल निकै महत्वपूर्ण रहेको जनाउँदै टोलीलाई जितका लागि शुभकामना दिएका छन् ।

‘एसियन कपमा हामी अघि बढ्नका लागि आज जित्नै पर्ने हुन्छ । यसमा प्वइन्ट लुज गर्यौं भने लगभग बाहिरिने खतरा हुन्छ ’ पोखरामा रहेका कप्तान अनिलले हाम्रो खेलकुद डटकमसँग भने, ‘त्यसैले आज जित्दै पर्दछ । हामीलाई घरेलु मैदानको एडभान्टेज पनि छ । केटाहरु फर्ममा पनि छन् । जित सम्भव छ । टोलीलाई जितका लागि धेरै धेरै शुभकामना छ ।’
नेपालले छनोटका अघिल्ला दुई खेलमा मात्र १ अंक जोडेको छ । आजको खेलमा अंक गुमाउँदा समूह चरणबाटै बाहिरिने खतरा छ । पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार बेहोरेको नेपालले जेठमा यमनसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक जोडको थियो ।
व्यक्तिगत चाहना ताजकिस्तानसँगको खेलमा पुरा गर्न नसकेकोमा अनिललाई दुःख त लागेको छ तर उनी टोलीको सफलताका लागि लिएर बढी खुसी देखिन्छन् । राष्ट्रिय टोलीबाट ४९ खेल खेलिसकेका अनिलले आजको खेलबाट ५० क्यापको कोसेढुंगा पुरा गर्ने अपेक्षा गरेका थिए । तर, उनी यसपटक अन्तिम छनोटमा पर्न सकेनन् ।
‘मैले पहिल्यै यो खेललाई अन्तिम मानेर तयारी गरेको थिए ’ उनले भने, ‘मेरो आफ्नै कारण यो पटक पुरा हुन सकेन । तर केही छैन म आफ्नो उद्देश्यमा दृढ छु । केही समय कुर्नुपर्ला । तर ५० क्याप पुरा गर्ने मेरो लक्ष्य अझै उस्तै छ । ’
ताजकिस्तानविरुद्धको खेलका लागि अनिलकै कप्तानीमा नेपाली टोलीले जापान भ्रमण गरेको थियो । तर, स्वदेश फर्केको केही दिनमा उनको कुर्कुच्चामा चोट लाग्यो । अहिले पनि उनीको कुर्कुचा पूर्ण रुपमा ठिक भएको छैन । उनले सोचे, खेल्न नसक्ने भएपछि प्रशिक्षक र व्यवस्थापकलाई जानकारी दिनुपर्दछ ।
‘मैले प्रशिक्षक र व्यवस्थापकलाई मेरो समस्या बताए । उहाँहरुले पनि खेल्न सक्दैनौ भने ठिकै छ,’ अनिलले भने ‘जापनाबाट फर्केपछि एक साता जति अभ्यास गरे । फिटमा पनि थिए । प्रशिक्षक पनि मेरो प्रदर्शनबाट खुसी हुनुहुन्थ्यो । दुर्भाग्य केही दिनअघि पर्खालबाट ओर्लने क्रममा दुवै कुर्कुच्चामा दुखाई भयो । अनि मैले राम्ररी अभ्यास पनि गर्न सकिन । अहिले पनि दुःखाई छ । अब यसको उपचार गर्नुछ ।’
यति बेला अनिल शोकमा छन् । शनिबार राती उनको हजुरआमा (आमाको आमा) को निधन भएको थियो । हजुर आमाको स्वास्थ्य थप खराब भएपछि उनी शनिबार बिहान पोखरा पुगेका थिए ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]