8 years ago
September 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्ड–०७३ राजधानीमा आज हुदैछ । कमलादीस्थित नेपाल एकेडेमीहलमा अवार्ड कार्यक्रम दिउँसो २:३० बजेपछि शुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

मञ्चले शनिबारै अवार्डको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी गराएको थियो । यो अवार्ड कार्यक्रम सम्पूर्ण खेलजगतमा उत्कृष्ट मध्येको पनि सर्वोत्कृष्ट हुने मौका हो । अवार्ड समारोहमा यसपटक ८ विधामा विभिन्न खेलाडी, प्रशिक्षक तथा खेलसँग सम्बन्धित व्यक्तित्वलाई सम्मानित गरिनेछ । मञ्चले ५ विधाका लागि मनोनयनमा पर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरिसकेको छ भने अन्य ३ विधाको विजेता भने अवार्डकै दिन घोषणा गरिने जनाएको छ ।
वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा यसपटक फुटबलका किरण चेम्जोङ, ब्याडमिन्टनका रत्नजित तामाङ, भलिबलका मानबहादुर श्रेष्ठ, क्रिकेटका शरद भेषवाकर र एथ्लेटिक्सका सोमबाहदुर कुमाल रहेका छन् । किरण चेम्जोङ नेपालले एएफसीको पहिलो आधिकारिक प्रतियोगिता (एएफसी सोलिडारिटी कप मलेसिया) जित्दाका महत्वपूर्ण सदस्य रहेका थिए भने माल्दिभ्सको टिसी स्पोर्टस क्लबले बंगलादेशमा भएको शेख कमल कपको उपाधि जित्दा किरण नै नायक बनेका थिए । यस्तै घरेलु प्रतियोगितामा सहभागिता जनाएका सबै प्रतियोगिताको च्याम्पियन रहेका रत्नजितले दिदी नङ्सलदेवीसँग मिलेर पाकिस्तान इन्टरनेसनल सिरिजअन्तर्गत मिक्स डबल्समा स्वर्ण ल्याएका थिए । त्यस्तै भलिबलले तेस्रो पदक जित्दा मानबहादुर श्रेष्ठ मुख्य खेलाडी रहेका थिए ।
यसबाहेक क्रिकेटका शरद भेषावकर र एथलेटिक्सका सोमबहादुर कुमालले पनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई चिनाएकाछन् । महिलातर्फको मनोनयनमा भने राष्ट्रिय प्रतिस्पर्धामा वर्चस्व जमाएका खेलाडीहरूको बाहुल्य छ । मध्यम तथा लामो दूरीकी धाविका कान्छीमाया कोजूले गतवर्ष राष्ट्रिय कीर्तिमानसहित सहभागी भएको पाँच हाफ म्याराथन उपाधि जितिन् । त्यससँगै उनले सातौं राष्ट्रिय खेलकुदमा २ विधामा स्वर्ण पदक हात पारिन् । ब्याडमिन्टनमा पहिलो अन्तर्रा्ष्ट्रिय पदक ल्याउन सफल नङ्सलदेवी तामाङले सातौंमा स्वर्णसहित घरेलु प्रतियोगितामा पनि वर्चस्व जमाइन् । यी दुईसँगै आर्चरीमा राष्ट्रिय कीर्तिमान बनाउन सफल ज्ञानु अवाले, ओलम्पिक पुगेर २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेकी सरस्वती भट्टराई र राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी पनि मनोनयनमा छन् ।
यस्तै युवा मनोनयनमा उत्कृष्ट बन्न कडा प्रतिस्पर्धा हुने देखिन्छ । फुटबलका अनन्त तामाङ र क्रिकेटका दीपेन्द्रसिंह ऐरीलाई भारोत्तोलनकी कमल श्रेष्ठले चुनौती दिनेछिन् । अनन्तले नेपालको सोलिडारिटी कप जितमा महत्ववपूर्ण भूमिका खेल्दा दीपेन्द्रले केन्याविरुद्धको जितमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै कमला श्रेष्ठले भने युवा प्रतियोगितामा सिनियरको राष्ट्रिय कीर्तिमान तोड्दै सातौंमा स्वर्ण जितेकी थिइन् । जुडोकी मनिता श्रेष्ठ प्रधान र भलिबलकी प्रतिभा माली पनि उपाधि जित्ने दाउमा रहनेछन् । यस्तै प्रशिक्षकतर्फ फुटबलका ग्योतोकु कोजी र एथलेटिक्सका पुष्पराज ओझा, ब्याडमिन्टनका किरण थापा, फुटबलकै मेघराज केसी र क्रिकेटका जगत टमाटा उत्कृष्ट प्रशिक्षक बन्ने होडमा छन् ।
पिपुल्स च्वाइस अवार्डमा रियो ओलम्पिककै सबैभन्दा कान्छी खेलाडी गौरिका सिंहसँगै अर्की ओलम्पियन जुडोकी फुपूल्हामु खत्री, क्रिकेटका दीपेन्द्र सिंह ऐरी, एथलेटिक्सकी कान्छीमाया कोजू र फुटबलका सुजल श्रेष्ठ सर्वाेत्कृष्ट बन्ने दौडमा छन् । यो विधामा दर्शकहरूको मतका आधारमा अवार्ड प्रदान गरिन्छ । यस्तै मनोनयन घोषणा नगरिएका लाइफटाइम एचिभमेन्ट, स्पेसल र प्यारा–एथलिट अफ द इयरको अवार्डबाट एक–एक जना सम्मानित हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]