default_image

8 years ago

September 20, 2017

नेपालले विश्व र्याफ्टिङ च्याम्पियनसिपमा भाग लिने

228 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीले विश्व र्याफ्टिङ च्याम्पियनसिपमा भाग लिने भएका छन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछ । नेपाली खेलाडीमा हरि आलेमगर, रोशन लामा, प्रकाश गुरुङ, मनबहादुर कँडेल, विनोद गुरुङ, टक बहादुर गुरुङ र विशाल गुरुङ छन् । प्रशिक्षकमा विष्णु गुरुङ छन् ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज, नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ एसोसिएसन र नेपाल कायक एण्ड क्यानोइङ क्लबको सहकार्यमा नेपालले जापानको योशिनो नदीमा हुने विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा भाग लिने नेपाली खेलाडीको टोलीको आज विदाई गरियो । टोली आजै जापान जानेछ ।
च्याम्पियनसिप अगस्ट २ देखि ९ तारिखसम्म हुदैछ । च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो । च्याम्पियनसिपमा नेपालले खुल्ला स्पर्धामा प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा विश्वका २३ देशका ८० टिमले प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियसिप अघि नेपालले अक्टोबर १ सम्म प्रशिक्षण गर्ने हिमालय रिभर गाइडका संस्थापक अध्यक्ष चुडामणि अर्यालले जानकारी गराए । यस्तै अध्यक्ष चुडामणिले विश्व ¥याफ्टिङ च्याम्पियनसिप नेपाललाई चिनाउने अर्को ठुलो मौका रहेको बताए । उनले नेपालमा रिभर गाइड मात्रै नभई खेलाडी पनि छ भन्ने देखाउन यो च्याम्पियनसिपले पुष्टि गर्ने बताए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.