8 years ago
September 24, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनमा पहिलो पटक गए राती मोन्टपिलेर गोलरहित बराबरीमा रोकिएको थियो । जसमा चोटका कारण नेयमार खेलेनन् । तर पनि बेल्जियन थोमस म्युनियरले टोली नेयमारमा मात्र निर्भर नभएको बताएका छन् ।
नेयमार यहि सिजन कीर्तिमान २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । संयोग नेयमार नखेलेकै खेलबाट पिएसजीको विजयी यात्रा रोकिएको छ । २५ वर्षे नेयमार पिएसजी पुगेयता निकै चर्चामा छन् । गत महिना टोलीबाट ‘डेब्यू’ गरेयता उनले लिग १ मा मात्र ४ गोल गरिसकेका छन् भने अरु गोलमा सहायक भूमिका निर्वाह गरेका छन् । उनले च्याम्पियन्स लिगमा समेत गोल गरिसकेका छन् ।
ती सबका वावजुद पनि म्युनियर नेयरमारकै भरमा मात्र टोली नरहेको बताउँछन् । प्रशिक्षक उनाइ इर्मीको टोलमिा इडिन्सन काभानी, केलियन बाप्पे जस्ता खेलाडी पनि रहेको म्युनियरले बताए । ‘हामीमा नेयमारको निर्भरता मात्रै छैन,’ म्युनियरले भने,‘हो उनी असाधारण खेलाडी हुन् । तर, जति बेला तपाई हाम्रो टोली हेर्नुहुन्छ , तपाई भन्न सक्नु हुन्न की नेयमार विना हामी जित्न सक्दैनौ ।’
उनले टोलीमा अन्य खेलाडी पनि त्यत्तिकै क्षमतावान रहेको सुनाए । ‘हामीसँग त्यस्ता खेलाडी छन्, जसले खेल परिवर्तन गर्ने क्षमता राख्छन्,’ म्युनियरले अगाडि थपे,‘हरेकलाई थाहा छ कठिन अवस्थाबाट कसरी टोलीलाई बाहिर ल्याउनुपर्छ । हो हामीलाई आज केही कठिन भयो किनकी हामी मोन्टपिलेर जस्तो टोलीसँग खेलिरहेका थियौ । त्यो शतप्रतिशत दिने टोली हो । ’
खुट्टाको सामान्य चोटका कारण अघिल्लो खेल गुमाएका नेयमार अर्को खेलमा फर्कने अपेक्षा गरिएको छ । पिएसजीले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा बायर्न म्युनिखसँग अवे खेल खेल्ने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]