default_image

8 years ago

September 26, 2017

रोमाञ्चक उपाधि दौड , नेपालले भारतलाई जित्नै पर्ने: सम्भावना विस्तृतमा

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई हराएसँगै उपाधि दौड चार टोलीबीच खुला भएको छ । माल्दिभ्स चारै खेलमा पराजित भएर बाहिरिएपछि बुधबार अन्तिम दिनमा भारत र नेपाल तथा आयोजक भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।

दुई समूहमा खेलाइने भने पनि श्रीलंकाले प्रतियोगिताबाट बाहिरिएपछि प्रतियोगिता राउन्ड रबिनका आधारमा खेलाइएको हो । समूहमा हरेक टोलीले अन्य सबैसँग खेलेपछि अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले प्रतियोगिताको उपाधि जित्नेछ ।

प्रतियोगिताको अन्तिम दिन पहिलो खेलमा बंगलादेश र घरेलु टोली भुटान भिड्ने छन् भने दोस्रो खेलमा नेपालले भारतको सामना गर्दैछ ।

SAFF table

बंगलादेश ४-३ भारत

भुटान १-० नेपाल

भारत ३-० भुटान

बंगलादेश १-२ नेपाल

नेपालको सम्भावना कस्तो ?

साविक विजेता नेपालले प्रतियोगितामा आयोजक भुटानसँग पहिलो खेलमा पराजय भोगेको थियो । अन्य खेलमा माल्दिभ्सलाई २-० र बंगलादेशलाई २-१ ले हरापछि नेपालले ६ अंक छ । त्यस्तै भारत , बंगलादेश र भुटानको पनि समान ६ अंक छ । भारतको गोल अन्तर +३ को छ भने नेपाल र बंगलादेशको समान +२ छ ।

त्यस्तै भुटानको भने -१ को गोल अन्तर छ । प्रतियोगितामा सर्वाधिक अंक बटुल्ने टोली शीर्षस्थानमा रहनेछ। दुई टोलीको समान अंक भएमा ‘हेड टु हेड’ को आधारमा विजेता छानिने छ भने दुई भन्दा बढी टोलीको अंक समान भएमामा उनीहरु बीचको खेलको गोल अन्तर हेरिनेछ ।

तसर्थ नेपालले भारतलाई हराएर अर्को खेलमा बंगलादेश भुटानसँग विजयी भएमा नेपाल र बंगलादेशको समान ९ अंक हुनेछ । अन्तत नेपालले बंगलादेशलाई पराजित गरेकाले नेपाल ‘हेड टु हेड’ को आधारमा अंक तालिकाको शिर्षमा रहँदै उपाधि जित्ने छ । तर भुटानले बंगलादेशलाई पराजित गरे नेपाल ‘हेड टु हेड’ मा भुटान भन्दा पछि पर्ने छ ।

अन्तिम खेलमा बराबरी गरेमा नेपालको उपाधि जित्ने सम्भावना छैन ।

अन्य टोलीको सम्भावना कस्तो ?

बंगलादेश : बंगलादेशले भुटानलाई जितेर भारतले नेपाललाई हराएमा बंगलादेशले उपाधि जित्नेछ । बंगलादेशले जित्दै अर्को खेलमा बराबरी भएपनि बंगलादेश शिर्षस्थानमा रहने छ ।

भुटान : भुटानले बंगलादेशलाई पराजित गर्दै नेपालले भारतलाई हराउनु पर्ने अथवा नेपाल र भारतबीच बराबरी हुनु पर्ने ।

भारत : भारतले नेपाललाई हराउनु पर्ने र भुटानले बंगलादेशलाई हराउनु पर्ने अथवा पहिलो खेलमा भुटान र बंगलादेशबीच बराबरी भएको हुनु पर्ने ।

सबै टोली बराबरीमा रहे ?

अन्तिम दिनको दुवै खेल बराबरी भएमा नेपाल , भारत , भुटान र बंगलादेशबीच समान ७ अंक हुनेछ र यी ४ टोलीबीचको गोल अन्तर हेरिनेछ । नेपालको ० गोल अन्तर , बंगलादेशको +१ , भुटानको -२ र भारतको +२ अन्तर हुने भएकोले भारतले उपाधि जित्ने छ । नेपाल तेस्रो स्थानमा अन्त्य गर्नेछ ।  यद्दपी उपाधि जित्नक लागि नेपाललाई जित्नै पर्ने दबाब हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.