8 years ago
September 27, 2017
म्यानचेस्टर (एजेन्सी) – इङ्लिस टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग समूह एफमा शाख्तार डोनेस्कलाई २–० ले हराउँदै आफ्नो दोस्रो जित दर्ता गरेको छ । सिटीका लागि केभिन डि ब्रुयन र रहिम स्टेर्लिङले गोल गरेका थिए ।
खेलको ४८ औँ मिनेटमा डेभिड सिल्भासँग पास साटासाट गर्दै डि ब्रुयनले पेनाल्टी बक्स बाहिरबाट शानदार गोल गर्दै सिटीको गोलको खाता खोलेका थिए । त्यसैगरी खेलको अन्तिम मिनेटतिर बर्नार्डो सिल्भाको पासको सदुपयोग गर्दै रहिम स्टेर्लिङले सिटीको जित सुनिश्चित गरेका थिए ।
त्यस्तै सिटीका सर्वाधिक गोलकर्ता बन्न दुई गोल टाढा रहेका सर्जियो अगुएरोको पेनाल्टी शाख्तारका गोलकिपर आन्द्रे प्याटोभले बचाउ गरेका थिए । अगुएरोको अन्य दुई राम्रा प्रहार पनि प्याटोभले बचाऊ गरेका थिए ।
लिभरपुलले भने गएरातिको आफ्नो खेलमा स्पार्टाक मस्कोसँग १–१ को बराबरीमै चित्त बुझाउन पर्यो । लिभरपुलका लागि फिलिप कौटिन्होले गोल गरे भने घरेलु टोलीका लागि फर्नान्डोले फ्रिकिकमार्फत गोल गर्न सफल भएका थिए । समूह ईमा रहेको लिभरपुलले च्याम्पियन्स लिगका २ खेलमा दुवै बराबरी खेलेको छ ।
अर्को इङ्लिस टोली टोटनह्यामले भने एपोएल निकोसियामाथि ३–० को शानदार जित निकाल्न सफल भयो । टोटनह्यामका लागि उनका स्टार फरवार्ड ह्यारी केनले ह्याट्रिक गरेका थिए । समूह एचमा गए राति बोरुसिया डर्टमन्डलाई ३–१ ले हराएको रियल म्याड्रिड र टोटनह्याम दुई जितसहित ६ अंकमा छन् ।
च्याम्पियन्स लिगका अन्य खेलहरुको नतिजा
सेभिल्ला ३–० मेरिबोर
नेपोली ३–१ फेयेनूर्ड
बेसिक्टास २–० आरबि लेपजिग
मोनाको ०–३ पोर्टो
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]