default_image

8 years ago

October 24, 2017

बाप्पे वर्षको उत्कृष्ट युवा खेलाडी , जिते गोल्डेन बोय २०१७

145 views

0 Bookmark

लण्डन (एजेन्सी) – मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मन (पिएसजी)मा रहेका किलियन बाप्पेले गए राति गोल्डेन बोय २०१७ को उपाधि हात पारेका थिए ।

वर्षको उत्कृष्ट युवा खेलाडिलाई दिइने यस अवार्डमा बाप्पेले बार्सिलोनाका उस्माने डेम्बेले र म्यानचेस्टर युनाइटेडका मार्कोस रासफोर्डलाई उछिनेका थिए ।

गत सिजन उनले मोनाकोका लागि ४४ खेलमा २६ गोल गरेका थिए । उनको प्रदर्शनको मद्दतले मोनाकोले १७ वर्षमा पहिलो पटक लिगको उपाधि जित्यो भने टोलीले च्याम्पियन्स लिगमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । यस सिजन पनि बाप्पेले पिएसजीका लागि निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।

यस अवार्ड हात पार्ने क्रममा बाप्पेले २९१ मत पाएका थिए । दोस्रोमा रहेका डेम्बेलेले भने १४९ मत जितेका थिए । त्यस्तै रासफोर्ड ७६ मतसहित तेस्रो भए भने म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेससले ७२ मत पाउँदै चौथो भए ।

२१ वर्षभन्दा कम उमेरको उत्कृष्ट खेलाडिलाई दिइने यस अवार्ड यो भन्दा अघि वेन रुनी (२००४), लियोनल मेस्सी (२००५), मारियो बालोटेल्ली (२०१०) र पल पोग्बा (२०१३) ले जितिसकेका छन् ।

गत वर्षको विजेता रेनाटो सान्चेज भने बायर्न म्युनिखमा अवसर नपाई अहिले इङ्ग्लिस क्लब स्वान्सिमा लोनमा रहेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.