8 years ago
October 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिमानी भारोत्तोलन खेलाडी कमला श्रेष्ठले दक्षिण कोरियामा जारी एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । दक्षिण कोरियाको योङगुमा मंगलबार भएको ६३ केनी तौल समूहमा कमलाले आफ्नो प्रदर्शनमा सुधार गरेकी हुन् । कमलाले स्न्याचमा ७० केजी, क्लिन एण्ड जर्कमा ८७ केजीसहित कुल १ सय ५७ केजी भार वहन गर्दै आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गरेकी हुन् ।
कमलाले यसअघि नेपालमै भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८५ केजीको राष्ट्रिय कीर्तिमान बनाएकी थिईन् । यसअघि कमलले पुरुष ७७ केजी तौल समूहमा ६ कास्य जित्न सफल भएका थिए । कमलले स्न्याचमा ११७ केजी, क्लिन एण्ड जर्कमा १४० भार बहन गर्दै कुल १ सय ५७ केजी भार बहन गर्दै ६ कास्य जित्न सफल भएको थिए ।
सञ्जु चौधरीले महिला ५३ केजी तौल समूहमा ६ रजत पदक जित्न सफल भएकी थिइन् । ६९ केजी तौल समूहमा प्रकाश केसीले कुनै पदक जित्न सकेन । दुई फरक च्याम्पियनसिपमा नेपालबाट दुई महिला र दुई पुरुष खेलाडीले भाग लिएका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]