8 years ago
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप कात्तिक अन्तिम साता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजना तथा डिस होमको मुख्य प्रायोजनमा च्याम्पियनसिप कात्तिक २५ गते राखेप कभर्ड हलमा तथा कात्तिक २७ गते इटहरीको ठूलो जनता माविमा हुने बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले जानकारी गराइन् । प्रतियोगितामा अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया र भारत सहित नेपालका आठ रेस्लरहरुले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
उनीहरुले सात इभेन्ट ९फ्ल्याग, सिंगलस, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला/पुरुष र हाड कोर०मा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा अमेरिकाका प्रोरेस्लिङगेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान तथा भारतका दिलदार सिंह, निल र माक्सम्यानले विदेशी खेलाडीका रुपमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका तर्फबाट नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन र टुप्पी ग्याङ रेस्लरहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता खेल्न अन्तर्राष्ट्रिय महिला रेस्लरहरु पनि आउने पक्का भएको संघकी अध्यक्ष थापाले बताइन् । रसियाकी मेफिस्तो र चेक रिपब्लिककी रोमानाले अन्तराष्ट्रिय महिला खेलाडीका रुपमा तथा नेपालका सोफी र दिलासाले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिता सञ्चालनमा झन्डै झन्डै ५५ लाख रुपैयाँ खर्च संघको अनुमान छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]