default_image

8 years ago

November 10, 2017

१५ जनाले ‘ए’ कोचिङ कोर्ष उतिर्ण गरे, थ्री स्टारका पूर्व प्रशिक्षक हुमागाईले ल्याए सर्वाधिक अंक

151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले एएफसी ‘ए’ कोचिङ कोर्षमा सबैभन्दा बढी अंक ल्याएका छन् । हाल अमेरिकामा एक फुटबल एकेडेमीमा प्रशिक्षकका रुपमा कार्यरत हुमागार्इंसहित १५ जनाले दुई महिनाअघि भएको कोर्ष उर्तिण गरेका हुन् ।

एएफसी ‘ए’ कोचिङ कोर्षको प्रमाणपत्र ग्रहण गरेपछि प्रशिक्षकहरु ।

इरानका नादेर अरबीले अगस्ट १६ देखि सेप्टेम्बर १६ सम्म सञ्चालन गरेको कोर्षमा २१ प्रशिक्षक सहभागी थिए । अब अखिल नेपाल फुटबल संघ (एन्फा) सँग ‘ए’ कोचिङ कोर्ष गर्ने ३१ प्रशिक्षक पुगेका छन् । यसपटक उर्तिण हुने प्रशिक्षकलाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले आज प्रमाण पत्र वितरण गरेका थिए ।

एएफसी ‘ए’ कोचिङ कोर्षमा सर्वाधिक अंक ल्याउने प्रशिक्षक प्रदीप हुमागाईं ।

हुमागाईसहित ए कोचिङ उर्तिण गर्नेहरुमा प्रवेश कटुवाल, किशोरकुमार केसी, नविन महर्जन, दर्शन भक्तराज, विजय महर्जन, सुमन श्रेष्ठ, मनोज रञ्जित, प्रज्वल प्रताप क्षेत्री, सन्जित सिंह, विकास डंगोल, सरोज श्रेष्ठ, चक्र तामाङ, सुलभजंग राणा र किरण श्रेष्ठ छन् ।

 

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.