default_image

8 years ago

November 11, 2017

अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज, ८ देशका रेलर भिड्ने

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको दोस्रो संस्करण आज हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा शनिबार हुदैछ । दोस्रो खेल इटहरीको ठुलो जनता माविमा कात्र्तिक २७ गते सोमबार हुदैछ ।

प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । आयोजक नेपालसहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, रसिया, चेक रिपब्लिक र भारत गरी आठ राष्ट्रका रेस्लरहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालका आठ रेस्लरहरुले प्रतिस्पर्धा गर्ने संघकी अध्यक्ष सुनिता थापाले बताइन् । विदेशबाट ७ पुरुष र २ महिलाको सहभागिता रहनेछ ।

उनीहरुले सात इभेन्ट ह्याण्डीकयाप, ट्याग टिम, रोयल ब्याटल, हार्ड कोर, जोडी म्याच, सिंगल्स र त्रिपल थ्रेट म्याच मा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा अमेरिकाका प्रोःरेस्लिङ गेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबाम बेलोज, मलेसियाका द बुचरम्यान तथा भारतका दिलदार सिंह, निल र माक्सम्यानले विदेशी खेलाडीका रुपमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका तर्फबाट नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन र टुप्पी ग्याङ रेस्लरहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता खेल्न अन्तर्राष्ट्रिय महिला रेस्लरहरु पनि आउने पक्का भएको संघकी अध्यक्ष थापाले बताइन् । रसियाकी मेफिस्तो र चेक रिपब्लिककी रोमानाले अन्तर्राष्ट्रिय महिला खेलाडीका रुपमा तथा नेपालका सोफी र दिलासाले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिता सञ्चालनमा झन्डै झन्डै ५५ लाख रुपैयाँ खर्च संघको अनुमान छ । रेस्लिङको डिस होम एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

 

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.